तराई डुवर्सको भू भाग जीटीमा नगाभिए सम्म यसको चुनाव नहुने

डी के वाइबा; कालेबुङ, 6 मार्च। तराई डुवर्सको भू भाग जीटीमा नगाभिए सम्म यसको चुनाव नहुने गोजमुमोले स्पष्ट घोषणा गरिसकेको छ भने अर्कोतिर हाईपवार कमिटिको कार्य भने लम्बिन्दै गईरहेको छ। यस्तो परिस्थितिमा गोजमुमो सह सचिव बिनय तामङले आगमी १६ मार्चको दिन हुने हाईपावर कमिटिको बैठक अन्तिम हुनसक्ने सम्भावना व्यक्त गरेको छ। तिनले आज पत्रकारहरुसित कुराकानी गर्दै हाइववर कमिटीको प्रायः कार्य सकिसकेको बताए। तिनले गत २४ फववरीमा भएको अघिल्लो बैठकमा नै जीटीएमा तराई-डुवर्स अन्तर्भुक्तिको निम्ति सुनुवाइ भइसकेको छ भन्दै जसमा 836 वटा प्रस्वाव जीटीएको पक्षमा आएको अनि केवल 28 वटा मात्र विपक्ष मत आएको आज विनय तामाङले बताए। जसमा विपक्षको मत दिनेहरूमा वाममोर्चा सहयोही संस्थाहरू रहेको तिनले दावी गर्दै अब सोहि पत्रको आधारमा निर्णयहुन आवश्यक रहेको तिनले बताए।  जीटीएमा तराइ-डुवर्सको निम्ति 836 मत पक्षमा आएकोले केवल 28 वटा विपक्ष मतको निम्ति सर्वे गर्नपर्ने दिन नआउनपर्ने पनि तिनले आशा व्यक्त गरे। 
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.