मंग्पू/केशर मोक्तान: मंग्पू रंग्बी विभाग अन्तर्गत बीच डीपाट वार्ड नम्बर ११ अनि १२ का गाउँलेहरु श्रमदानमा सडक निर्माण गर्न वाध्य छन् | गाउँ कै ग्राम सुधार समितिको प्रयाशमा आधा कि० मी० कच्चा सडकलाई निर्माण गर्ने कार्य युद्ध स्तरमा भैरहेको जानकारी समितिले दिएको छ | गाउँमा आवत- जवत गर्ने सडक निर्माण गर्दा ग्रामबासिको आफ्नो जमीन पनि काटिएको हुँदा उक्त जमीन मालिकहरुले सामाजिक बिकाशको निम्ति कुनै पनि शंका शर्त एवम सहुलियत नसोची जमीन दान गरेको जान्नमा आएको छ | सडक निर्माण कार्यलाई सफलीभूत तुल्याउन ग्रामबासीले समितिलाई भरपूर सहयोग गरिरहेका छन् | गाउँको बिकासको निम्ति सडक निर्माण कार्य युद्ध स्तरमा भैरहेको छ भने समितिले निर्माण कार्यलाई छिटो समाप्त गर्न जे० सी० बी० द्वारा जमीन काट्न शुरु गरेको छ | जसको निम्ति खर्च हुने ठुलो राशीको अर्थसंग्रह पनि गाउँलेले नै प्रबन्ध मिलाएको छ | सरकारले ग्रामीण क्षेत्रको बिकासको निम्ति थुप्रै योजनाहरु दिंदै आएतापनि तक्दाह खण्ड बिकास अन्तर्गत पर्ने रेशेप ग्राम पंचायतको रंग्बी विभागमा श्रमदान द्वारा नै सडक निर्माण गर्नु सरकारको निम्ति ठुलो चुनौती बन्न पुगेको छ भने अहिलेको २१ औ शताब्दीमा पनि श्रमदान द्वारा सडक निर्माण गर्नु सरकारको निम्ति लाजस्पद बनेको छ | उक्त जानकारी सडक निर्माण समितिका सदश्य पुस्कर सिन्गौरेले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?