क्रिसमसको अवसरमा सांगीतिक कार्यक्रम

मंग्पू/ केशर मोक्तान: इशाई धर्मावलम्बीहरुका महान चाड क्रिसमस मंग्पू वरिपरी मनाउने क्रम लगातार चलिरहेको छ | यसै चाडको शुभ मुहुर्तमा प्रशंसा सेवा भवनमा विभिन्न मण्डलीहरु मंग्पूलाई लिएर एकमुष्ठ भएर भब्यरुपमा सांगीतिक कार्यक्रम सम्पन्न गर्यो | यस कार्यक्रमको आरम्भ पास्टर एडमण्ड कार्थक द्वारा प्रार्थना गरि शुरु गरिएको थियो भने उक्त कार्यक्रम प्रशंसा मण्डलीको युवावर्गको भगीरथ प्रयाशमा सम्पन्न गरिएको थियो | कार्यक्रमलाई रोचकरुपमा प्रशारण सहयोगीको रुपमा मंग्पू च्यानेल मंग्पूले भूमिका निभाएको थियो | विविध मण्डलीका अतिथिवार्गलाई स्वागत जनाउदै खादा माला अर्पण गरेपछि लुका खवासले स्वागत संभाषण राखे | अल्प ख्रीष्टिय केन्द्रिय समितिका सदशय मिक्का राईको बिशेष उपस्थित रहेको थियो भने विभिन्न मण्डलीका कलाकारहरुले आफ्नो कला प्रस्तुत गरे | रिभीयान्स फियर ब्यान्डले विभिन्न नेपाली, हिन्दी गीतहरु गाएर कार्यक्रमलाई अझ रोचक बनाएको थियो | कार्यक्रममा स- साना नानीहरुले नृत्य प्रस्तुत गरेपछि बाइबलबाट प्रवचन पनि मुख्य रुपमा रहेको थियो | अन्तमा येशुको नाम जन्म अनि अन्तिम दिनको चिन्ह बारे पास्टर एडमण्ड कार्थकले बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.