सिन्कोना कर्मचारीको बेसिक पे बढोत्तरी रु० २१.५० बाट रु०१२७ : फरवरी महिना देखि पाउने

मंग्पू/२७ दिसम्बर/ केशर मोक्तान: आज स्थानीय आर० पी० नन्दी बंग्लोमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोनको सभा युनियन कै सभापति गोपाल रुचालको अध्यक्षतामा समपान भयो | सभामा यूनियनले सिन्कोनाको विधान राज्य सरकारले विधान सभामा पास गर्नु पर्ने उठान गरे भने सिन्कोना बगानमा अधिकारीवर्गको रिक्त पदमा झट्टै नियुक्ति गरिनु पर्ने माग राखे | दातडुप्लालेयु  सिन्कोना जोन केन्द्रिय समिति मूल सचिव गगन राईले युनियनको मुख्य माग सिन्कोना बगानको तीनवटा बन्द कुइलेंन, इमेटिन,साथै डाइनेनिन कारखाना खुलाउन पर्ने रहेको बताउदै युनियनको गठन काल २००७ देखि सिन्कोना बगानको बेसिक पे रु २१.५० बाट बढोत्तरी हुनपर्छ भन्ने माग गर्दा गर्दै हालैमा आएर राज्य सरकारले श्रमिकवर्गको बेसिक पे १२७ रुपियाँ बढोत्तरी गरेको कुरा सम्वात्दातालाई बताए | प्राय: २८ वर्षको अन्तरालमा सिन्कोना बगानको बेसिक पे रु० २१.५० बाट १२७ रुपियाँ भएको सचिवले जनाए | सचिव राईले श्रमिकहरुको दैनिक हाजिरी सित जोडेर दार्जीलिंग लेबर कमिशनले एक निर्णायक प्रतिलिपि पठाएपछि उक्त हाजिरी सिन्कोना श्रमिकले प्राप्त गर्न सक्ने बताए | बढोत्तरी भएको बेसिक पे आगमी फरवरी महिनाको तलबसित सिन्कोना श्रमिकवर्गको पाउने बताउदै राज्य सरकारबाट गत अक्टोबर महिना देखि बेसिक पे बढोत्तरी भएको कारण तीन महिनाको बेसिक पे फरवरी महिनामा बढपैसाको रुपमा श्रमिकवर्गले पाउने पनि सचिव राईले बताए | आजको सभामा लिएको टेक अनुसार पहिलो चरणमा सिन्कोना अधिकारीवर्गबाट नै संस्करण शुरु गर्ने साथै प्रत्येक सिन्कोना बगानको गन्ति घरमा सहव्यवस्थापकको साइट अफिस शुरु गर्ने राईले बताए | यसरी सिन्कोना बगानको समस्यालाई लिएर दातडुप्लालेयुसिन्कोना जोनले आगमी ३० दिसम्बरको दिन सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बासित भेट गर्ने भएको छ | स्मरण रहोस दातडुप्लालेयुगठन भएपछि सिन्कोना बगान पुन: उत्थानको निम्ति युनियनले श्रमिकवर्गको बदली काम, पदोन्नती, बेसिक पे बढोत्तरी दिलाउन सक्षम भएका छन् | आजको सभामा दातडुप्लालेयु कानुनी सल्लाहकार तिलक चन्द्र रोका, मोर्चा मंग्पू लाठ पन्चर संयोजक रतन थापा २४ न० समष्टि संयोजक बिराट गुरुङ , मोर्चा मंग्पू जोन सचिव रतन लामा दातडुप्लालेयु सिन्कोना जोन अध्यक्ष गोपाल रुचाल, उपाध्यक्ष सन्तोस खवास , संयुक्त सचिव कैलाश शर्मा लगायत युनियन शाखा प्रशाखाका सभापति सचिवहरुको उपस्थिति रहेको थियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.