माघे सक्रान्ति कृषि मेला २०१२: मंग्पू कुइलेनबारीले पनि भाग लिने

मंग्पू /केशर मोक्तान: कृषकहरुलाई उत्साह तथा प्रेरणा स्वरुप चेतना मूलक कार्यक्रम दार्जीलिंगको जामुनेमा ७ जनवरी देखि १६ जनवरी सम्म माघे संक्रान्तिको उपलक्ष्यमा विराट कृषि मेला भइरहेको छ | उक्त कृषि मेला मुक्ति ब्रिज जामुने , तकभर गोक परिसरमा हुने भएको छ जसमा मंग्पू लाठ पन्चर समष्टिको क्षेत्रबाट पनि भाग लिने भएको छ | त्यस मेलामा मंग्पू सरकारी कुइलेनबारी ( सिन्कोना) को तर्फबाट यहाँ उत्पादन हुने मोडलहरु उक्त मेलामा प्रदर्शनको निम्ति लगिने बिशेष सुत्रबाट थाहा लागेको छ | कृषि मेलामा मंग्पू लाठ तथा सिन्कोनाबाट ११ तारिख अंश ग्रहण गरिनेछ | मंग्पू लाठ पन्चर सिन्कोना, बस्ति, बजार परिसर पूर्ण कृषिभूमि रहेकोले उक्त मेलामा सबै जनमानसलाई फाइदा रहेको अनि सबैलाई विभिन्न पोस्टर अनि निमन्त्रणा पत्र द्वारा स्वागत जनाइएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.