युवा मोर्चाको आन्दोलन केवल नाटक मात्र हो – प्रताप खाति

डी के वाइबा: कालेबुङ, 9 जनवरी। गोरानिमो पछि अभागोलिले पनि युवा मोर्चाको आन्दोलनमा टिप्पणी गरेको छ।  गोर्खालिगले युवा मोर्चाको आन्दोलन कोलकताबाट संचालित मात्र नभएर ममता ब्यानर्जीले मोर्चालाई नै कटपुतली बनाएको आरोप लगाएको छ। अखिल भारतीय गोर्खालीगका महासचिव प्रताप खातीले युवा मोर्चाको वास्तविक अनुहार अहिले सबैले स्पष्टसित चिन्न थालेको बताउँदै आन्दोलन केवल नाटक मात्र रहेको दाबी गरे। तिनले भने, जीटीएमा हस्ताक्षर गर्ने पार्टीको कुनै पनि सङ्गठनले छुट्टै राज्यको आन्दोलन गर्न सक्दैन भनि जनाउँदै यो केवल जनताको आँखामा धुलो हाल्ने काम हो भनि बताए।मोर्चाले जीटीएमा हस्ताक्षर गरेता पनि यसको गठनमा बिलम्ब भएको कारण जनता भुल्याउँन युवा मोर्चालाई अघि लागाएको बताउँदै यो सबै देखावटी मात्र हो भनि दाबी गरे। खातीले मोर्चाको सबै चाल बुझिसकेको कारण युवा मोर्चाको आन्दोलनलाई ताला झुण्डाईदिएको बताए। अब युवा मोर्चाले आन्दोलन गर्न सक्दैन भन्ने दाबी गर्दै खातीले मोर्चाले छुट्टै राज्यको मुद्दासित जीटीए साटेको कुरा उनीहरू कै सासंद जसवन्त सिंहबाट स्पष्ट भएको बताएका छन। जसवन्त सिंहले छुट्टै राज्य प्राप्त गर्नु हो भने जीटीए त्याग्नुपर्छ भनिसकेका छन्‌ भन्दै यसको अर्थ गोर्खाल्याण्डको सट्टामा मोर्चाले जीटीए थापेको पनि बुझिन्छ भने। जीटीएले नै सम्पूर्ण गोर्खाहरूको चिह्नारी र राजनैतिक सुरक्षा नदिने कुरा गोर्खाल्याण्ड टास्क फोर्सले दिल्लीलाई बुझाइसकेको छ। खातीले मदन तामङ हत्याकाण्डको दोषबाट बॉंच्नको निम्ति नै मोर्चाले गोर्खाल्याण्डको मुद्दालाई जीटीएसित साटेको होभन्दै गोर्खा जनमुक्ति मोर्चा र विमल गुरूङ मदन तामङको काउण्टर नेता हुन्‌ भनि दाबी गरे। मदन तामङ गोर्खाल्याण्डप्रति इमान्दार रहेको कारण कुनै न कुनै दिन मदन तामङले यो मुद्दालाई पार लगाएर नै छाड्‌ने थिए। यसैकारण मोर्चाले मदन तामङको हत्या गरेको हो किन भने मोर्चालाई छुट्टै राज्य होइन जीटीए थाप्नु थियो। तिनले अझ भने, जनतालाई थाहा हुनुपर्ने, जब विमल गुरूङ 28 नम्बर समष्टीको भ्रमणमा थिए, त्यसैबेला  मोर्चाले गोर्खाल्याण्डको मुद्दासित अर्को दागोपाप थाप्न लागेको कुरा मदन तामङले खुलासा गरेका थिए, त्यसबेला विमल गुरूङले मदन तामङले झुटो बोलेको बताएका थिए तर अहिले आएर मदन तामङको भविष्यवाणी पुरा भयो। को झुटा थिए भन्ने कुरा मोर्चाले जीटीए थापेर प्रमाणित गर्‍यो। तिनले जीटीए थाप्नैको निम्ति मदन तामङको हत्या गरिएको समेत बताएका छन्‌। तिनले भने, किन भने मदन तामङले घुँडा घसेर जीटीएको विरोध गर्ने थिए। जसरी गोरामुमोको छैटौं अनुसूचीलाई डस्टविनभित्र हालिदिए, त्यसरी नै जीटीएलाई पनि डस्टविनभित्र हाल्ने थिए।
 
तिनले युवा मोर्चाको आन्दोलनप्रति कटाक्ष गर्दै भने, खै के भयो युवा मोर्चाको आन्दोलन ? डा. हर्कबहादुर छेत्री अनि रोशन गिरीलाई चाबी लगाउने वित्तिकै युवा मोर्चाको आन्दोलन सकिनुले के स्पष्ट पारेको हो जनताले बुझ्नुपर्छ। तिनले अझ थपे, वास्तवमा जीटीए ढिलो भएकोमा जनता असन्तुष्ट छ भन्ने देखाउनु युवा मोर्चालाई मोर्चाले प्रयोग गरेको थियो, त्यो पनि प्रमाणित भयो। तिनले के पनि बताए भने, देश, काल र परिस्थिति अनुसार केवल जनसभा गर्नुलाई आन्दोलन भनिँदैन। अब पहाडमा जनसभा गर्नु, भोकहड्‌ताल गर्नु, जीएल नम्बर लगाउनु, भित्तामा गोर्खाल्याण्ड लेख्नुलाई आन्दोलन कसैले भन्छ भने त्यो दागोपाप थाप्नुको आन्दोलन बाहेक अर्को केही पनि होइन भनेर बुझ्नुपर्छ। दिल्लीमा केही नगरी पहाडमा जनसभा गर्नु छुट्टै राज्यको निम्ति गरिएको कार्यक्रम हुने छैन। युवा मोर्चालाई ममताले ताला लगाइसकेको छ। युवा मोर्चाले आन्दोलन गर्न सक्दैन।  यसै क्रमम्आ अभागोलि नेता खतिले मानिसहरुलाई बड्दो जीटीए प्रतिको आक्रोस रोक्न मोर्चाले युवा मोचालाई अघि लागाएर जन्अताको अनुहारमा मोसो दल्न खोजेको आरोप लगाए। तिनले अब युवा मोर्चाले कुनै पनि हालतमा आन्दोलन अघि बडाउँन नसक्ने दाबी गर्दै यो सबै नाटक सिवाय केहि होइन भने।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.