१३ जनवरी देखि १७ जनवरी सम्म लोहापूल सुन्तलेमा माघे मेला

मंग्पू/केशर मोक्तान: हाइवे पिकनिक पार्कको तत्वधानमा माघे सक्रान्तिको उपलक्ष्यमा स्थानीय लोहापूल सुन्तले र्यांग खोलाको बगरमा भब्य पाँच दिने माघे मेला आगमी १३ जनवरी देखि १७ जनवरी सम्म सम्पन्न हुने जानकारी आयोजक समितिका सभापति दलबहादुर गुरुंगले दिएका छन् | प्रत्येक वर्ष झैँ यो वर्ष पनि मेला आयोजक समितिले सांस्कृतिक कार्यक्रम तथा लोक नृत्य पनि प्रस्तुत गर्ने भएको छ | यसपल्टको मेला विगत वर्ष भन्दा ठुलो रुपले गरिएको जानकारी समितिका सचिव कल्याण राईले बताएका छन् | यस ठाउँमा मेला संग संगै पिकनिक पार्क पनि रहेकोले नानीहरुको मनोरंजनको निम्ति झीलमा बोट, रोटेपिंग, कोलम्बस, चित्र्हार पनि उपलब्द गराइएको छ | मेलामा बाहिरबाट आएका अतिथि कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ भने उक्त पाँचदिने माघे मेलामा आयोजक समिति सबैलाई हार्दिक स्वागत जनाउंदछ |
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.