२८ जनवरीमा एन० एच० पी० सी० द्वारा निशुल्क आँखा जाँच शिविर हुँदैछ

मंग्पू | केशर मोक्तान: आगमी २८ जनवरीको दिन स्थानीय एन० एच० पी० सी० सेक्टर " ए " डिस्पेन्सरीमा लायन्स क्लब सिलिगुडी अनि एन० एच० पी० सी०को स्वास्थ्य विभागको संयुक्त प्रयाशमा नि: शुल्क आँखा जाँच शिविर राखिएको छ | उक्त आँखा जाँच शिविरमा नि: शुल्क मोति बिन्दु पनि जाँच गरिनेछ साथै जाँच पछि आँखाका रोगीहरुलाई दवाई पनि सित्तैमा वितरण गरिने जानकारी पाइएको छ | आँखा रोगीहरुको निम्ति जाँच शिविर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न हुनेछ | जहाँ मंग्पू , लोहापूल, रम्बी बजार, सुन्तले, कालिझोडा , रोंग्चोंग लगायत एन० एच० पी० सी०टिस्टा जल विद्युत परियोजना चरण ३/४ परिसरका बासिन्दाहरुले लाभ उठाउन सक्नेछन् | उक्त शिविरमा एन० एच० पी० सी०का डाक्टरहरु लगायत लायन्स क्लबका आँखा डाक्टरहरु उपस्थित हुनेछ | यो शिविर टिस्टा जलबिद्युत परियोजना चरण ३ एन० एच० पी० सी०को तर्फबाट स्थानीय समाज कल्याणको निम्ति आयोजना गरिएको हो भनी एन० एच० पी० सी०का अधिकारी भी० के० लाक्रा अनि कौशिक दाशले जानकारी दिएका छन् | यस आँखा जाँच शिविरमा एन० एच० पी० सी०को तर्फबाट सबै आँखा रोगीहरुलाई स्वागत जनाएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.