दार्जीलिङ पहाडमा नयाँ राजनैतिक दल गठनको नक्सा बिस्तारै अघि आउँदैछ

डी के वाइबा: कालेबुङ २५ जनवरी; दार्जीलिङ पहाडमा केहि महिना अघिदेखि चलेको नयाँ राजनैतिक दल गठन हुने कुराको नक्सा बिस्तारै अघि आँउन थालेको छ। बिशेष सुत्रले दिएको जानकारी अनुसार केहिदिन अघिमात्र उक्त दल गठन गर्ने दौडमा कुदिरहेका मानिसहरुको कालेबुङमा बैठक सम्पन्न भयो। उक्त बैठकमा पूर्व भाजपाका अध्यक्ष दावा शेर्पा, पिपल्स फोरमका महासचिव प्रवीण गुरुङ, युजिआरएफ प्रमुख अजय दहाल लगायत कालेबुङका कातिपय दलका नेताहरुसमेत रहेको सुत्रले बताएको छ। बैठकमा बर्तमान पहाडको राजनैतिक परिस्थितिबारे चर्चा पारिचर्चा अनि नयाँ दल गठनको निम्ति चाल्नु पर्ने सतर्कताबारे कुराकानी भएको सुत्रले बताएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको नारा लिएर जन्मेको राजनैतिक दल गोजमुमोले गोर्खालयाण्डको मुद्दा छोडेर जीटीएमा सम्झौता गरे पछि अहिले घरि पहाडमा गोर्खाल्याण्डको आन्दोलन चर्काउँने ताकमा कातिपय मोर्चा बिरोधी मानिसहरु लागी परेको छ। उनीहरुको समय समयमा बिभिन्न स्थानहरुमा बैठकहरु समेत भईरहेको छ भने यस बैठकको क्रमलाई अहिलेघरि निकै सक्रियता दिएको सुत्रले बताएको छ। गोर्खाल्याण्डको नारा दिएर गठन हुने दल काहिले जनताको अघि आउँनेहुन् भन्ने कुरा स्पष्ट नभएता पनि यसको मोटामोटि स्वरुप तयार भएको सुत्रले जानकारी दिएको छ। सुत्रले दिएको जानकारी अनुसार अहिले पहाडमा नयाँ राजनैतिक दल गठन हुन नदिन कतिपय शक्तिहरु समेत सक्रिय रहेको छ। उक्त शक्रिय रहेको अदृष्य शक्तिहरु सित बाँचन नयाँ राजनैतिक दल गठन गर्ने होडमा कुदिरहेको मानिसहरुलाई समेत कतिपय ठाँउहरुमा असुबिधा सृजना भईरहेको कारण यसको उदय हुने कुराको अन्तिम निष्कर्ष निस्कन सकिरहेको छैन। जसको कारण नयाँ दल गठन गर्ने मानिसहरुले आफ्ना कुराहरुलाई एकदमै गोप्य राख्न खोजिरहेको थाह लागेको छ। बिशेष नयाँ दल गठन गर्ने होडमा जीएलओ प्रमुख छत्र सुब्बाको नाम केहिदिन अघि अघिल्लो पंक्तिमा रहेको थियो। उक्त कुरालाई ध्यानमा राखेर यदि छत्र सुब्बाले पहाडमा राजनीति शुरु गरे बर्तमान समयमा गोजमुमोलाई खत्राहुने निश्चित बनेको कारण तिनलाई मोर्चाको तर्फबाट रिझाउँने प्रयास भएको समेत सुत्रले जनाएको छ। केहि दिन अघि रेलीको बगरमा मोर्चा प्रमुख बिमल गुरुङ अनि छत्र सुब्बाको भेटले नयाँ दल गठनको होडमा कुदिरहेका मानिसहरुलाई ब्याकफुटमा पारेको समेत सुत्रले जानकारी दिएको छ। हुन त उक्त भेटलाई लिएर दुवै नेताहरुले संयोगवस भेट भएको बताएता पनि भेट मोटा मोटी सुनियोजित रहेको सुत्रले दाबी गरेको छ। सुब्बाले पाहाडमा पुन: राजनीति नगरोस भन्ने चाहना मोर्चाका नेताहरुले राखेका कारण तिनालई सुनियोजित तरिकाले रेलीको बगरमा आयोजित कार्यक्रममा निमन्त्रणा दिएको सुत्रले थप दाबी गरेको छ। यता नयाँ राजनैतिक दल गठन गर्ने होडमा कुदिरहेका नेताहरुले यसबारेमा अहिले छत्रसुब्बा र बिमल गुरूङको भेटलाई निकै गहन तरिकाले हेरेको अनि सुब्बालाई दलमा सामेल गराउँन पर्ने हुन् कि होईनन् भनेर समेत बिचार गरिरहेको सुत्रले बताएको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.