कालेबुंग नगरपालीकामा ७ करोड रुपियाँ हिनामिना भएको अफवाह फैलिएपछि

कालेबुंग/डी० के० वाइबा/५ जनवरी: कालेबुंग नगरपालीकामा ७ करोड रुपियाँ हिनामिना भएको अफवाह
फैलिएपछि आज शहरमा दिनभरी नै चर्चा भइरह्यो | नयाँ बोर्डले सम्हालेको महिना दिन पुग्न नपाई यत्रो मोटो रकम हिनामिना भएको खबर चर्चामा आउन साथै हल्लाको डडेलो सल्कियो | उक्त विषय बारे मानिसहरु शहर भरी चर्चा गरिरहेका थिए भने यसले राजनैतिक खेमामा पनि हलचल मच्चायो | उक्त अफवाह फैलिए पछि मानिसहरुले विगतका पुरानो बोर्डका सदश्यहरुमाथि अनेकौ शंकाहरु गरिरहेका थिए |शहरमा ७ करोड हिनामिनाको अफवाह सितै नयाँ बोर्डले उक्त हिनामिनाको जिम्मेवारी नलिन राजिनिमा समेत दिने अफवाह फैलिएको थियो | यस कुराले त झन अब नगरपालीकामा के हुने हुन् भन्ने पुर्व अनुमान गर्न शुरु गरिसकेका थिए | यस सम्बन्धि नव निर्वाचित नागर अध्यक्ष एल० बी० परियारसित प्रश्न राख्दा कुनै हिनामिना नरहेको बताउँदै उक्त कुरा केवल उडन्ते हल्ला रहेको स्पष्टिकरण दिए | तिनले  नगरपालीकामा सरकारबाट यस्तो पर्याप्त पैसा नआउने बताउँदै नगरपालीका आफै पैसाको अभावमा रहंदा पैसा हिनामिनाको प्रश्नै नआउने दाबी गरे | हाल नगरपालीकाले शहरको बिकास कार्य गर्न अनेकौ पैसा आर्जन गर्ने बाटोहरु बनाउने गरेको बताउँदै यहीबाट पैसा संग्रह गर्न सके शहरको बिकाशमा राम्रो कार्य गर्न सक्ने बताए | तिनले हाल नगरपालीकाले शहरको गाडे घाउ सरह घरि घरि बल्झिरहने डम्पिङको समस्या दीर्घरुपले समाधान गर्न दलमान गाउँ स्थित डम्पिङ ग्राउण्ड निर्माण गरिरहेको बताउँदै उक्त डम्पिङ ग्राउण्ड निर्माणको योजना ७ करोड रहेको अव्गात गराए | सोही योजना मानिसहरुले नबुझेर हिनामिना गर्यो भन्ने अफवाह फैलाए हुन सक्ने आशंका व्यक्त गर्दै उक्त कुरा केवल अफवाह मात्र रहेको स्पष्टिकरण पत्रकारहरुलाई दिएका छन् |  

मैलाको  समस्या
मैलाको  समस्याबाट यसचोटि नवगठित नगरपालीका बोर्ड समेत अछुत रहन सकेको छैन | बिगत देखि वर्तमान सम्म कालेबुंग शहरका साधारण मानिसहरुदेखि लिएर नगरपालीका बोर्ड समेतलाई यो समस्याले हैरान पार्दै आइरहेको छ | उक्त मेलाको समस्याबाट शहरलाई दीर्घ रुपले मुक्त पर्न नव गठित बोर्डले पहल गरिरहेको नगर अध्यक्ष एल० बी० परियारले जानकारी दिएका छन् | " शहरमा मेलाको समस्या अंगको पीलो जस्तै भएको छ | न त यसलाई आफै फुटाउन सक्छौ न त अरुले नै फुटाई दिन सक्छ - भन्दै मेलाको समस्या बारे पत्रकारहरुलाई बताए | तिनले हाल यही समस्यालाई स्थायी समाधान गर्न नयाँ बोर्ड पहिलो अनि प्राथमिक सम्झेको बताए | तिनले यहाँको दलमान स्थित निर्माणाधीन डम्पिङ ग्राउण्ड यथासिग्रह पुरा गर्न पहल गरिरहेको बताउँदै उक्त स्थानपूर्ण  नभएसम्म मैला फ्याक्ने बैकल्पिक स्थान सम्पूर्ण नगर पार्षदहरुले खोजिरहेको जानकारी दिए | सरकारबाट पर्याप्त पैसाको अभाव नगरपालिकामा रहेको बताउँदै यस्ता समस्याहरु समाधान गर्न केही समय लाग्ने तर समाधान गरेरै छोड्ने प्रतिवधता जाहेर गरे |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.