गोर्खा जनमुक्ति मोर्चा मंग्पू जोनको सह सचिवको पदमा लिला बहादुर छेत्री

गोर्खा जनमुक्ति मोर्चाको स्थापनाकालदेखि नै जातीय उन्मुक्तिको आन्दोलनमा आफ्नो तन, मन दिएर अघि आउने मंग्पू विभागका एक योद्दा लिला बहादुर छेत्रीलाई गोर्खा जनमुक्ति मोर्चा मंग्पू जोनको सह सचिवको पदमा आसिन गराएकोमा मंग्पू विभागका मोर्चा समर्थकहरुले हर्ष प्रकट गरेका छन् | सांगठनिक गणित जोड्न पर्दा प्राय: चार वर्षसम्म मंग्पू शाखामा सचिवको पदमा रहेर संगठनलाई मजबूत स्थितिमा पुराउन लिला बहादुर छेत्रीको योगदानलाई भुल्न नसकेको प्रत्यक्ष उदाहरण आज छेत्रीलाई बधाई, शुभकामना दिने अपार युवाहरुको भिडले प्रष्ट परेको छ | संगठनको दायित्व संग संगै सामाजिक कार्यहरुमा अग्र पंतिमा आउने छेत्रीलाई गोजमुमो मंग्पू जोनको महत्वपूर्ण ठाउँ दिएर पार्टीको पारदर्शिता माथि औला उठाउने विपक्षहरुको मुखमा ताला लगाइदिएको छ | यसरी नै धेरै दिनहरुदेखिको रिक्त रहिआएको मंग्पू जोनको अध्यक्ष पदमा एक निष्ठावान व्यक्ति प्रदीप छेत्रीलाई आसिन गराएकोमा मंग्पू विभागको मोर्चा समर्थकहरुबाट हार्दिक बधाई एवम शुभकामनाहरु यसै विज्ञप्ति मार्फत रबिन योन्जनले दिएका छन् |
Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.