रविन्द्रनाथले प्रयोग गरेका एउटै नोट बुक ९० लाख रुपियाँमा बिक्री हुँदासम्म मंग्पू रविन्द्र संग्राहलयभित्रको बहुमुल्य बस्तुहरु असुरक्षित

मंग्पू/ केशर मोक्तान: मंग्पूको एकमात्र पर्यटन स्थल रविन्द्रनाथ संग्राहलयलाई संरक्षण गर्न नितान्त आवश्यक रहेको देखिन्छ | सरकारले रविन्द्र संग्राहलय भित्रका सामाग्री झट्टै संरक्षण गर्न पर्छ भनी स्थानीय मंग्पूबासीले माग गर्न थालेको छ | कवि गुरु रविन्द्रनाथले प्रयोग गरेका एउटै नोट बुक ९० लाख रुपियाँमा बिक्री भएको समाचार प्रकाशमा आएपछि मंग्पू रविन्द्रनाथ संग्राहलयमा कवि स्वयले प्रयोग गरी छाडी गएका असंख्य बस्तुहरुलाई पनि राज्य सरकारले झट्टै ध्यान दिएर संरक्षण गर्न पर्छ भनी  आवाजहरु उठाउन थालेका छन् | चारपल्ट मंग्पू आइ बसेका विश्व कवि रविन्द्रनाथ ठाकुरले त्यसताक प्रयोग गरेका थुप्रै सामग्रीहरु यस संग्राहलय भित्र रही आएको छ तर हालसम्म पनि सरकार द्वारा विभागविहिन रहेको यस संग्राहलय भित्र कवि गुरुले प्रयोग गरेका बस्तुहरु सठीक संग जगेरा नभएको कारण दिन प्रतिदिन विलुप्त हुँदै गइरहेको स्थानीय बासिन्दाहरु बताउछन् | २८ मई १९४४ सालमा रविन्द्र स्मृति भवनले चिन्हित मंग्पू रविन्द्र संग्राहलयलाई १९५२ सालदेखि यता आदर्श रविन्द्र श्रमिक कल्याण केन्द्र मोडल बनाएर राज्य सरकारको वेलफेयर विभागले देखरेख गरिरहेको थियो | तर पुर्व सरकारले यस संग्राहलयलाई ९ जनवरी २००० साल देखि राज्य सरकारको वेलफेयर विभागबाट हटाएर आजसम्म विभागविहिन रहेको मंग्पू रविन्द्रनाथ संग्राहलयलाई सिन्कोना बगानको अधिनस्थ कर्मचारीले देखरेख गर्दै आइरहेको छ | यो संग्राहलय मंग्पू र पहाडको मात्र सम्पति नभएर समस्त भारतबासीको सम्पति हो तर भारत भरि कै सबै भन्दा पुरानो र पहिलो रविन्द्रनाथ संग्राहलयमा आजसम्म विधुत जडान समेत नहुनु चिन्ताको विषय बन्न पुगेको छ | ठुला ठुला भाषण दिने र आश्वाशनको फुकुन्डो फुक्ने नेता र सरकारले विश्व कवि रविन्द्रनाथको सबैभन्दा पुरानो संग्राहलयलाई ध्यान नदिनु लाजस्पदको कुरो बनेको छ भने हाल सम्म पनि रात्री चौकिदार सम्म नरहेको यस संग्राहलय भित्र रहेको मुल्यवान बस्तुहरु अभाग्यवश चोरी भए यसको दोष सरकारले कसलाई दिने भन्ने प्रश्न उठ्न थालेको छ | यस संग्राहलयमा २००० साल देखि कार्य गरिरहेका सिन्कोना बगान कर्मचारी शिशिर रावतले बताएअनुसार सरकारले सठीक समयमा कदम नचाले यस संग्राहलय भित्र रहेका मुल्यवान बस्तुहरु नष्ट भएर जाने बताएका छन् | संग्राहलय भित्र रहेका कवि गुरुले प्रयोग गरेका सामानहरु , काठको चौकि अनि गुरुले प्रयोग गरेका रंग, औषधि, चित्र , पुस्तक अनि २८ मई १९३९ सालमा प्रकाशित हुने अंग्रेजी दैनिक पत्रिका " नेशनल हेरलड " एक आनामा प्राप्त हुने पत्रिका पनि यस संग्राहलय भित्र जीर्ण अवस्थामा रहेको छ | यस्तै हरी संग्राहलय भ्रमणमा मंग्पू आएका त्यस्ताकका गोर्खे श्रम मन्त्री नरबहादुर गुरुङ अनि १९७९ सालमा संग्राहलय भ्रमणमा आएका नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व एवम साहित्यका धुर्व ताराका रुपमा चिनिने जातीय कवि अगमसिंह गिरि, गुमान सिंह चामलिंग र इन्द्र बहादुर राई द्वारा लिखित रेकर्डबुक पनि संग्राहलय भित्र जस्ता को तस्तै रही आएको छ | आज कविको एउटै नोटबुकको लाखौ रुपियाँ मुल्यमा बिक्री हुदैछ भने मंग्पू रविन्द्र संग्राहलय भित्र रहेका करोडौ रुपियाँ मुल्यको बस्तुहरुलाई सरकारले झट्टै संग्रक्षण गर्न एकदमै आवश्यक देखिन्छ | 
केही महिना अघि राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीले यस संग्राहलय नजिक नेपाली अकादमी बनाउने घोषणा गरेका थिईन भने यसै विषयलाई लिएर सुचना एवम सांस्कृतिक विभाग पश्चिम बङ्गाल अतिरिक्त निर्देशक बासुदेव घोषले पनि केही दिन अघि मंग्पू  रविन्द्र संग्राहलय भ्रमण गरेका छन् |
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.