दार्जीलिङ पहाडका तिब्बती समुदायले मनाएनन् ल्होसार शुरु गर्यो रिले अनशन

22 फरवरी (कालेबुङ) प्रदीप लोहगुन :- दार्जीलिङ पहाडमा बसोबास गर्ने तिब्बती समुदायका मानिसहरुले तिब्बतको स्वतञ्त्रता अनि मानव अधिकारको पुनर्बहालीको निम्ति अन्तरराष्ट्रीय समुदायसँग समर्थनको आह्वान गर्दै आजदेखि तीन दिने सांकेतिक अनसन शुरु गरेका छन। पहाडका विभिन्न स्थानमा रिजिनल टिबेटन युथ कंग्रेसले तीनदिने सांकेति भोक हडतालको आयोजना गरी अन्तरराष्ट्रीय समुदायलाई तिब्बतमा मानव अधिकार र मानवीय मुल्यको रक्षा गर्न जागरुक बनी दिने अनुरोध गरेको छ। यता, कालेबुङमा डम्बरचोकमा सो रिले अनशनको आयोजना गरिएको छ।तिब्बती समुदायका मानिसहरुले आफ्नो नयाँ बर्ष ल्होसारको अवसरमा चीन सरकारको तिब्बतबिरोधी नीतिको बिरोधमा यो कार्यक्रमको आयोजना गरेका छन। तिब्बतमा केही महिनादेखि जारी रहेको चीन सरकारको बर्बरतापूर्ण व्यवहारले मर्माहत तिब्बती समुदायका मानिसहरुले यस बर्ष ल्होसार पालन नगर्ने निर्णय लिएका छन। तिब्बतीहरुप्रति चीन सरकारको अन्याय र अत्यचारबारे अन्तर्राष्ट्रीय समुदायको ध्यानाकर्षण गराउन आरटीवाईसीले ल्होसारको अवसरमा यो कार्यक्रम गर्ने तय गरेको हो। विश्वको विभिन्न क्षेत्रमा बसेका तिब्बतीहरुले आजको दिन यस कार्यक्रमलाई पालन गरीरहेका छन। कालेबुङमा आज पहिलो दिन 24 जना तिब्बती महिला पुरुषहरुले रिले अनशनमा भाग लिएका छन् भने तिब्बतीमा प्रतिदिन 100जना तिब्बतीहरुले अनशनमा भाग लिईरहेका छन। यसबाहेक हरेक साँझ मोमबती जुलुश पनि निकालिनेछ। आरटीवाईसीको ब्यानरमा तिब्बतको स्वतञ्त्रता र मानव अधिकारको पुनर्बहालीको समर्थनमा हस्ताक्षर संग्रह अभियान पनि सञ्चालन भईरहेको छ। हस्ताक्षर संग्रह गरिएका दस्तावेजहरु संयुक्त राष्ट्र संघको मानव अधिकार आयोगमा पठाइने छ। आरटीवाईसीले तिब्बतमा लगातार मानव अधिकारको हनन हुदाँ समेत युएनओले चासो नदेखाएको गुनासो पनि प्रकट गरेको छ। युएनओले मानव अधिकारको रक्षाको निम्ति 30वटा संहिताहरुको आधाकारिक घोषणा गरेको भए पनि चीनले तिब्बतीहरुको मानव अधिकारको लगातार हनन गर्दा पनि युएनओले आफ्नो भुमिका निर्वाह नगरेको संगठनको भनाई छ। आरटीवाईसीका अध्यक्ष सोनाम याखाले आज मिडियासँग यस आशयको दुःखेसो ब्यक्त गरेका छन।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.