मंग्पू विभागीय कृषक संगठन द्वारा सदश्यहरुलाई बीज वितरण

मंग्पू  विभागीय कृषक संगठनको एक जरुरी सभा संगठन कै सदश्य निर्मल गुरुङको अध्यक्षतामा बस्यो | सभामा कालेबुंग कृषक कल्याण संगठन द्वारा प्रदान गरिएको असल प्रजातिको मकैको बीज र सिमीको बिजहरु सभा अध्यक्षको बाहुलीबाट १९ जना सदश्यहरुलाई वितरण गरियो | सभामा सुन्तलाको बिरुवा रोपण विषय लामो चर्चा, विभिन्न खेती तथा टमाटर विरुवा रोपण अनि संगठनको कार्यपद्वतिहरुमा सर सल्लाह भयो | अन्तमा सुन्तला बिरुवा रोपनको निम्ति आगमी आइतबारदेखि कार्यरुपमा शुरु गरिने कुरा मूल संयोजक बुध कुमार थापाले सामुहिक निर्णयलाई सबैमा जनाए | सम्पूर्ण सदश्यवर्गको आ - आफ्नो बारीको माटोको जाँच गर्न तीन मार्च कालेबुंग लाने सभाले पारित गर्यो भने उक्त माटोको जाँचको निम्ति सदस्यहरु समीर राई र फिरोज थापालाई सुम्पेका छन्  |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.