डी के वाइबा: कालेबुङ १६ फरवरी; क्रामाकपाको युवा एकाई गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा (गक्रायुमो) केन्द्रिय महासचिव अरूण घतानीको नेतृत्वमा विबिध किसिमका 9 सुत्रीय माग लिएर क्रामाकपाले आज घण्टौंसम्म कालेबुङ खण्ड विकास अधिकारी कार्यालयमा घर्ना प्रदर्शन गर्यो। उक्त धर्ना प्रदर्शन दागोपापको सबै खण्डहारुमा गरेको तिनले जानकारी दिएका छन्। यसै अवसरमा उनीहरुले जीटीएको बिरोध गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको मागमा नाराबाजी पनि गरे। आजदेखि सुरु भएको पहिलो चरणको कार्यक्रममा क्रामाकपाले इनक्लाब जिन्दाबाद, पञ्चायत पुर्नगठन गर्नैपर्छ,सिलगडीको दुइवटा खण्डलाई चारवटा बनाउन सक्छ भने पहाडको 8 वटालाई किन 24 वटा खण्ड बनाउन सक्तैन? बीडीओ जवाब देऊ, मनरेगामा 200 दिनको रोजगार पाउनैपर्छ, सरकारी कार्यालयहरूमा भ्रष्टचार अनि राजनैतिक हस्तक्षेप बन्द गर आदि विविध नाराहरूसितै क्रामाकपाले खण्ड विकास अधिकारी कार्यालयअघि व्यापक धर्ना प्रदर्शन गर्यो। मूल मुद्दा गोर्खाल्याण्ड रहेको अनि जीटीएको विरोध गर्दै ग्रामीण समस्याहरूलाई समाधान गर्नुपर्ने मागमा पहिलो चरणमा खण्ड विकास अधिकारी कार्यालय, त्यसपछि महकुमा अधिकारी, जिल्लापाल कार्यालय हुँदै क्रामापकाले क्रमबद्ध रूपमा आन्दोलन अघि बढाउने भएको छ अरुण घतानीले यसै अवधि पत्रकारहरुलाई बताए। ग्रामीण जनताको हक, हीत र अधिकारसितै क्रामाकपाले आजदेखि जीटीएको विरोधमा सडक आन्दोलन शुरू गरेको पनि तिनले जानकारी गराएका छन्। गक्रायुमो प्रतिनिधि सन्तोष प्रधानको नेतृत्वमा एक टोलीले खण्ड विकास अधिकारी अनन्दिता भौमिकसित भेट गरी यी विविध मागहरूसितै क्षेत्रीय समस्याहरूलाई लिएर एक ज्ञापन पनि बुझाएको छ। कालेबुङ, अलगडा अनि गोरुबथानमा क्रामाकपाको धर्ना सफलतापूर्वक सम्पन्न भएपनि तकदाह खण्ड अन्तर्गत रङ्गली रङ्लीयट खण्ड विकास अधिकारी कार्यालयमा भने गाजमुमोले बाधा दिएकोले अनि खण्ड विकास अधिकारीले सुरक्षा प्रदान गर्न नससकेकोले क्रामाकपाले कार्यक्रम गर्न नसकेको गक्रायुमो महासिचव अरूण घतानीले जानकारी दिएका छन्। यद्यपि अन्य क्षेत्रहरूमा भने क्रामापकाको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको क्रामाकपाले दावी गरेको छ।
अर्कोतिर गोर्खा जनमुक्ति युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आन्दोलन गरिरहेको सन्दर्भमा तिनले टिप्पणी गर्दै छुट्टै राज्यको आन्दोलन गर्नेहरू सर्वप्रथम इमान्दार हुन आवश्यक रहेको बताए। तिनले युवा मोर्चाको आन्दोलन जीटीए छिटो लागु गर्ने षड्यन्त्र रहेको आरोप लगाउँदै यस्ताकुराहरु असान्दर्भीक रहेको बताए। तिनले साँचो रुपले गोर्खाल्याण्डको कुरा गर्नेहरुले साबै चानचुने ब्यवस्थाहरुलाई त्याग्नु सक्नु पर्ने चुनौति दिंदै पहाडमा अझै अगणतान्त्रिक परिवेश रहेको दाबी गरे । हाल टास्क फोर्सको माध्यममा थुप्रै कार्यहरु भईरहेको दाबी गर्दै आगमी 20 मार्चमा संसद भवन अघि धर्ना प्रदर्शन हुने भएको कारण क्रामाकपाले आजदेखि नै सडक आन्दोलन पनि शुरू गरेको अरूण घतानीले दाबी गरेका छन्।
Post a Comment