७४ धुरामा अखिल भारतीय म्हानीपा संघ गठन, मंगर संघ सिम्ले शाखाको सभा

regional news mungpoo
स्थानीय अगमसिह गिरी निम्न माध्यमिक विधालय ७४ धुरा आदर्श ग्राम मङपुमा अखिल भारतीय महायाना  बौद्ध म्हानीपा संघको एक  सभा नोर्देन लामाको अध्यक्षतामा सम्पन्न भयो | सभामा अखिल भारतीय महायाना बौद्ध म्हानीपा संघ केन्द्रीय समितिका प्रचार प्रसार सदश्य किरण पाख्रीनको  बाहुलीबाट ख्येन रिम्पोछे आचार्य सांङगे लोडो तस्बीर अघि दीप प्रज्वलन गरियो अनि केन्द्रीय समिति सदश्य सुरेन पाख्रीनको बाहुलीबाट धुप बालेपछि सभामा उपस्थित सम्पूर्ण सदश्यवर्गद्वारा क्याबडो पाठ गरियो | त्यसपछि निम्न प्रकारले ७४ धुरा आदर्शग्राम म्हानीपा संघ गठन गरियो, जसमा सभापति कुसुम तामांङ, उपसभापति सुनमाला तामांङ, सचिवा अन्जली तामांङ, उपसचिव मुन्ना लामा, कोषाध्यक्ष भारती तामांङ, लेखापरीक्षक सुधा तामांङ,प्रमुख सल्हाकार नोर्देन लामा,बिकाश मोक्तान,आनन्द मोक्तान अनि फुर्बा लामालाई चयन गरियो | सभामा समिति गठन गरे पछि केन्द्रीय समिति सदश्य किरण पाख्रीन अनि सुरेन पाख्रीनले म्हानीपा संघ गठन गर्नुको उदेश्य बिषयमा सभामा बृस्तृत रुपमा सबैलाई  जानकारी गराए |


 मंगर संघ सिम्ले शाखाको सभा सम्पन्न


भारत मंगर संघ सिम्ले शाखाको एक जरूरी सभा  संघकै सभापति भीमबहादुर आले(मंगर)को अध्यक्षतमा सम्पन्न भयो | सभामा मंगरहरुको संस्कार संस्कृति एवं उथान साथै गत दार्जीलिंङमा सम्पन्न केन्द्रीय कार्यक्रम बारे छलफल साथै मासिक शुल्क बारे जानकारी गराईयो | संघका पुर्ब शाखा सचिव रितेश मंगरले संचालन गरेको सभामा शाखा अधिनस्थ मंगरहरुलाई जागरुक  गराउन कमिटिलाई पुनगठन गरियो | जसमा सभापति भीमबहादुर आले, उपसभापति टेकबहादुर मंगर, सचिव बुद्दिमान मंगर ,सहसचिव कृष्णबहादुर मंगर अनि कोषाध्यक्ष संजय मंगर चयन गरियो | आजको सभामा कृष्णबहादुर मंगर अनि अरिफ मंगरले सम्बोधन गरे भने उक्त सभामा गाउँको सम्पुर्ण बुजुर्ग मंगर लगायत मंगर युवा - युवतीको उपस्थिति रहेको थियो |

७४ धुरामा अखिल भारतीय म्हानीपा संघ गठन, मंगर संघ सिम्ले शाखाको सभा, स्थानीय अगमसिह गिरी निम्न माध्यमिक विधालय ७४ धुरा आदर्श ग्राम मङपुमा अखिल भारतीय महायाना बौद्ध म्हानीपा संघको एक सभा नोर्देन लामाको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.