मंग्पू | केशर मोक्तान: महा शिवरात्री पूजाको पुणित अवसरमा मंग्पू चौरस्ता शिव मन्दिरमा शिव पूजा किर्तन बिहानैदेखि विभिन्न गाउँबाट आएका भक्तजनहरुको अपार भिडले सम्पन्न भयो | ज्ञात रहोस उक्त चौरस्ता शिव मन्दिर सन् १९८३ मा स्थापित भएको थियो, त्यसताक मन्दीरमा ठुलो छायाँदार बरको रुख थियो जो आज बृहत फैलिएको बरको रुख नभए पनि पुन: १९९३ मा पूर्ण पक्का शिव मन्दिर मंग्पू विभागको धर्म स्थल बनेको छ | त्यस सार्वजनिक शिव मन्दिर बुद्दिमान राई तथा सपरिवारको आर्थिक सहयोग अनि धार्मिक स्वच्छ बिचारले प्रतिवर्ष भब्यरुपले शिवरात्री पूजा साथै अन्य पूजा भएको पाइन्छ |
यस्तै प्रकारले मंग्पूको नै एक धार्मिक स्थल चुली थुम्का स्थित शिव मन्दिरमा पनि शिव पूजा - अर्चना भिडको साथ सम्पन्न भयो | त्यस मन्दिरमा शिवरात्री पूजाको दिन बाहेक हरेक दिन नै यहाँ भक्तजन पूजा -अर्चना गर्न विभिन्न ठाउँबाट आइरहने पुजारी धर्मलाल गिरी बताउँछन् | तर दुखको कुरो विगत साल आएको भुइँचालोले नव निर्मित मन्दिरको केही भाग दखल गरेको छ | जसले गर्दा आगमी आउने वर्षा झरीले अझ क्षति पुराउन सक्छ |
जसको मर्मति गर्न आवश्यक देखिएको छ |
यसरी नै लाब्दा विभाग शिव मन्दिर, रेशेप बजार,रेशेप विभाग , रंग्बी तथा विभिन्न स्थानहरुमा शिव पूजा भक्तजनहरुले शिवको पूजा अर्चना गरेका थिए | कतिपय शिव पूजा आयोजकहरुले विभिन्न प्रतियोगिता तथा रात्री समय भजनहरु प्रस्तुत गरेर सम्पूर्ण वातावरण नै भक्तिपूर्ण बनाएको देखियो | यसरी आज भक्तजनले सबै पूजाका प्रतिमा तथा पूजा मण्डपका फुलादी रयांग खोला, रम्बी खोला साथै विभिन्न पानीका मुहानहरुमा बिसर्जन गरे |
Post a Comment
We love to hear from you! What's on your mind?