डी के वाइबा: कालेबुङ २१ फरवरी; दार्जीलिङ पहाडमा अहिले घरी दिनो दिन बिजुलीको बिल बिगत दिनहरुको तुलना दोब्बर आईरहेको कारण बिद्युत उप भोक्ताहरु हैरान बनिरहेका छन्। गोजमुमो पार्टीको उदय पछि आन्दोलनकालमा सबै मानिसहरुले बिजुलीका बिल तिरेका थिएनन् तर, जीटीएको समझौता पछि गत १ अगष्टदेखि भने बिजुलीको बिल मोर्चाले तिर्नु पर्ने घोषणा गरेको थियो। मोर्चाकै घोषणा अनुरुप अहिले मानिसहरुले गत अगष्ट महिना यताको बिलहरु तिर्ने कार्य गरिरहेको भएता पनि दिनो दिन बिगत दिनहरुको तुलनामा अत्याधिक बिल आएको कारण मानिसहरु चिन्तिन बनिरहेका छन्। यस सम्बन्धमा कालेबुङका बिधायक डा हर्कबहादुर छेत्रीसित जान्न खोज्दा बिगत दिनहरुको तुलनामा अत्याधिक आएका बिलहरु कसैले नतिर्ने आह्वन गरेका छन्। तिनले यस बिषयमा भोलि कलकतामा राज्यका बिद्युत मन्त्रीलाई भेट गरेर हाल मानिसहरुलाई आईरहेको धेर बिलहरुको बारेमा जनकारी गराई यस्तो काम बिभागले यथाशिघ्र बन्द गर्नु पर्ने माग राख्ने जानकारी दिएका छन्। बिभागले जनतालाई मनपरी बिल पठाउँने काम यथाशिघ्र बन्द गर्नु पर्ने माग गर्दै राज्यका गृह सचिव सित पनि यस बिषयमा कुराकानी गर्ने तिनले जान कारी दिएका छन। अर्कोतिर तिनले बिगत दिनमा कालेबुङमा बिजुलि बिभागको डिभिजिनल कार्यलय निर्माणको निम्ति राज्यका बिद्युत मान्त्रीले सितम्बर महिनामा नै निर्देश दिएको बताउवदै मन्त्रिको निर्देश पाएर पनि बिभआगले आजसम्म कुनै काम नगरेको तिनले आरोप लगाएका छन। यस बिषयमा पनि तिनले पुन: कुरा उठाउँने जानकारी गराएका छन्।
डी के वाइबा: कालेबुङ २१ फरवरी; दार्जीलिङ पहाडमा छुट्टै राज्यको निम्ति जन्मने आन्दोलनहरु दबाउँन बङ्गाल सरकारले घरि घरि षडयन्त्र रच्ने गरेको युनाईटेड गोर्खा रेभ्युलेसनरी फ्रण्ट(युजीआरएफ) अध्यक्ष अजय दहालले दाबी गरेका छन्। यहाँको आन्दोलनलाई बिफल पार्न सरकारले नै नेतृत्व जनमाउँने गरेको तिनले दाबी गर्दै आफैले जन्माएको नेतृत्वलाई सरकारले लगाम लगाएर काम गरिरहेको कारन नै आजसम्म दार्जीलिङमा आन्दोलनहरु बिफल बनिरहेको पनि तिनले दाबी गरेका छन्। हाल छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति आन्दोलनको घडेरी बसाउँने काम बनिरहेको बताउवदै यी सबैकुराहरुलाई पनि लगाम लगाउँन सरकार तत्पर बनेको तिनले आरोप लगाए। यस्तो परिस्थितिमा सबै बुद्धिजीवि मानिसहरु एक हुन पर्ने आह्वान गर्दै सरकारले रचेको षडयन्त्रलाई बिफल पारी लक्ष्य प्राप्तिको निम्ति संगठीत हुन पर्ने तिनले बताए। जनआन्दोलनको डर बोकेर सरकार हरेक पल्ट आन्दोल बिफल पार्न बिभिन्न योजनाहरु तयार गर्ने गरेको दाबी गर्दै सत्तामा गुण्डाराज स्थापित गर्न समेत पछि नपर्ने तिनले दाबी गरे। यसै सिलसिलामा तिनले गोजमुमो पार्टको आलोचना गर्दै मोर्चाले आन्दोलनकालमा गरेका गल्तिहरु नहेरेको कारण आन्दोलन निश्चित टुङ्गोमा पुग्न नसकेको दाबी गरे। तिनले बिमल गुरुले आन्दोलन आफ्नो योग्यताको आधरमा ईमान्दारपूर्वक नै गरे होलान् भन्दै तर, आन्दोलन गर्नको निम्ति नै भने चाहीँ तिनी सक्षम नेता नरहेको समेत दाबी गरेका छन्।
Post a Comment
We love to hear from you! What's on your mind?