बिभागले शिक्षकहरुको नियुक्ति नगरेको कारण कालेबुङको बीटी कलेज खोल्न सकेको छैन

डी के वाइबा: कालेबुङ, 27 फरवरी। शिक्षकहरुको नियुक्ति हुनु नसक्दा कालेबुङमा रहेको सरकारी प्राथमिक शिक्षक प्रशिक्षण संस्थान(बीटी कलेज) खोलिन सकिरहेको छैन। कालेबुङमा रहेको एकमात्र रहेको बीटी कलेजले नेशनल सेन्टर फर टिचर्स एडुकेशनको जम्मै नियमहरु पुरा गरिसकेको भएता पनि शिक्षकह्रुको अभावमा कलेज खोलिन नसकेको प्रचार्या मनिन्द्र भुजेलले जानकारी दिएका छन। जसको कारण अहिले घरी पहाडका बिद्यार्थीहरुले बीटीको प्रशिक्षण लिनबाट बन्चित बन्न परिरहेको छ। बीटी कलेजमा हाल एकजना प्राचार्यको रूपमा मनिन्द्र भूजेल मात्र रहेकोले अन्य शिक्षकहरूको नियुक्ति पछि मात्र संस्थान फेरि सुचारू बन्ने कुरा थाह लागेको छ तर, कहिले शिक्षकहरुको नियुक्ति हुने हो भन्ने कुरामा भने कुनै पत्तो फाँट लाग्न सकेको छैन। बङ्गलभरिकै बीटी कलेजहरूकमा शिक्षक नियुक्तिको निम्ति बङ्गालको शिक्षा विभागद्वारा भर्खरै 13 जनवरी 2012 मा अधिसूचना जारी गरेको थियो। त्यसपछि पीएससीले शिक्षक नियुक्तिको निम्ति विज्ञापन दिनपर्ने तर आजसम्म नदिएको आज प्राचार्य मनिन्द्र भूजेलले जानकारी दिएका छन। यसै विषयमाथि 15 देखि 18 जनवरीमा एनसीटीको बैठक पनि भएको थाहा लागेको छ। तर बैठकको परिणाण के भयो भन्ने कुराको कुनै जानकारी नभएको प्राचार्य भुजेलले बातए। पीएससी(पब्लिक सर्भिस कमिसन) ले विज्ञापन दिएर शिक्षकहरूको अन्तर्वार्ता गरेपछि नै सरकारेले शिक्षक नियुक्ति गर्ने  जसको निम्ति पोस्ट ग्रेजुएट हुन जरुरी रहेको पनि भुजेलले जानकारी दिएका छन। एनसीटीएको अन्य कारइटेरिया अनुसार 88 मा  कलेज भवन जलाएपनि अझ 5 वटा भवन कलेजको रहेको छ। जसमा बोइज गल्स होस्टल, पुस्तकालय, कक्षा 1 अनि 2 भवनहरू आजसम्म अचल छ। 12 ऐकर जमिन कलेजको आफ्नै रहेको जानकारी दिदै कम्पूटर, इन्टरनेट, एलसीडी प्रोजेक्टर आदि जम्मै एनसीटीको निमअनुसार कालेबुङ बीटी कलेज सुचारू बन्न सक्षम रहेको तिनले दाबी गर्दै बिभागले आज सम्म शिक्षकहरुको नियुक्ति नग्रेको कारण नै कलेज नखोलिएअको तिनले बताएका छन यदि चॉंडै शिक्षक नियुक्ति भए यसपल्टको जुलाईदेखिको प्रथम सत्रबाट नै कालेबुङ बीटी कलेज शुरू हुनसक्छ बनि तिनले जानकारी दिदै सन 1988 मा जलेको पुरानो भवन पुननिर्माणको निम्ति पनि इन्जिन्यरहरूद्वारा सर्वेक्षण भइसकेको तिनले बताए
      स्मरण रहोस हाल कुनै पनि शैक्षिक संस्थानहरुमी शिक्षकहरुको नियुक्तिको निम्ति बिभागले बीटी अथवा बीएड अनिवार्य रुपले हुनपर्ने नियम बनाएको छ। तर एकातिर अनिवार्य रुपले नियम बनाउँने बिभागले नै शिक्षकहरुको नियुक्ति नगरेको कारण यहाँको बीटी कलेज भने खोलिन सकेको छैन। जसको कारण पहाडका मानिसहरु भविष्यमा शिक्षकहरुको नियुक्ति भएको खण्डबा बन्चित हुने कुरा निश्चित रहेको छ। जुन कुराहरुलाई हेर्दा बिभागको शिक्षा निति पहाड प्रति कस्तो रहेको छ  भन्ने कुराको पोल खोलेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.