मङपू सरस्वती उच्चतर माध्यमिक विधालयमा बिज्ञान विभाग शुरु

केशर मोक्तान: आज देखि मङपू सरस्वती  उच्चतर माध्यमिक विधालयमा बिज्ञान विभाग शुरू भएको छ|उक्त बिज्ञान विभागको उद्घाटन दा.गो.पा.प शिक्षा विभागका भूमिपुत्र सचिव एवं यसै बिधायालयका भू.पू. छात्र किरण कुमार लोहारको बाहुलीबाट गरियो|समारोहका प्रमुख अथिति श्रीमान लोहारले बिध्यार्थीहरुलाई बिज्ञान एउटा पर्बत सम्मान हो टाकुरामा पुग्ने लक्ष्य राखेर अघि बड़नु नानीहरु भनि स्यम्पर्टमा लेख्दै उपदेश दिए|समारोहलाई  सम्बोधन गर्दे शिक्षा विभाग सचिव किरण कुमार लोहारले शिक्षा व्यवस्था समाजको दर्पण हो|आफ्नो पालोमा यस क्षेत्रमा बिज्ञान विभाग नभएको कारण मङपूदेखि बाहिर गएर आफूले बिज्ञान विषयमा शिक्षा आर्जन गर्नु परेको बताउदै अहिले मङपुमा नै बिज्ञान विभाग सुरु भएकोले अहिलेको बिध्यार्थीहरु भाग्यमानी रहेको बताए|यहाँ बिज्ञान विभाग सुरू भएकोले सम्पूर्ण मङपूबासी लाभवन्दित हुने बताए|उक्त सरस्वती उच्चतर माध्यमिक विधालयको बिज्ञान विभाग स्कूलका सस्थापक स्व: के.पी. शर्माको स्मरणमा राखियो|जे.एस.टि.ओ. दार्जीलिंग सदर अद्यक्ष बिनय देवानले समारोहलाई सम्बोधन गर्दे शिक्षाको संरक्षण हेतु सबै मङपूको जनता एक हुन पर्ने बताउदै यस  बिज्ञान विभाग मान्यता प्राप्तको निम्ति आफू कोलकोता बोर्डमा गएर जोगजोग गर्ने बताए|स्कूलका शिक्षक दुई बिसोर कार्की र सरद रावतले संचालन गरेको उक्त समारोहलाई सम्बोधन गर्दे मोर्चा मङपू जोन सचिव रतन लामाले यस विधालयमा बिज्ञान विभाग सुरू भएकोमा हर्ष प्रकट गर्दे धेरै बर्ष पुरानो सपना आज आएर पुरा भएको बताए|सचिव लामाले स्थानीयहरुले बिज्ञान विभागलाई आफ्नै सम्पति सम्झेर संरक्षणगर्नु पर्ने बताउदै अगामी दिनमा बाणिज्य विभाग पनि संचालन गर्नु पर्ने कुरामाथि जोड़ दिए|साहित्यकार मोहन ठकुरीले यस विधालयमा बिज्ञान विभाग सुरू भएर सामुहिक सपना आज आएर पुरा भएको जनाए|सम्बोधनको क्रममा विधालयका प्राचार्य एन.बी .छेत्रीले भूमिपुत्र शिक्षा सचिवलाई  यस बिज्ञान विभाग मान्यता प्राप्तको निम्ति पनि छिट्टै पहल गरिदिने अनुरोध गर्दे मङपूमा एउटा महाविधालयको पनि छिट्टै स्थापना हुन पर्ने बताए|कार्यक्रमका अध्यक्ष एवम भू.पू.उपप्रधानअध्यापक डी.बी. थापाले स्कूलका इतिहासबारे सबैलाई आवगत गराउदै स्व:के.पी. शर्मा एक समयका शिक्षा प्रेमी र समाजसेवी रहेको अनि यस सरस्वती विधालय खोल्नुमा उनको ठूलो योगदान रहेको कारण नै आज यहाँ बिज्ञान विभाग स्व:के पी. शर्माको स्मरणमा खोलिएको जनाए|स्कूल संचालन समितिका सचिव हिम्मत कोठारीले  दुई  शब्द राख्दै अर्को बर्ष बाणिज्य विभाग र भोकेसनल कक्षा पनि यस विधालयमा खोल्ने संचालन समितिको योजना रहेको जनाए|समारोमा सिन्कोना बगान व्यवस्थापक सी.बी.थापा,बरिस्ट नागरिक के.बी.योन्जन,र खगेन्द्र शर्माले पनि सम्बोधन गरे|यस पल्ट सरस्वती  विधालय ११औ कक्षामा बिज्ञान विभागमा २३ जना छात्र छात्राहरुले अध्यन गर्ने मौका पाएका छन्|

आज देखि मङपू सरस्वती उच्चतर माध्यमिक विधालयमा बिज्ञान विभाग सुरू भएको छ|उक्त बिज्ञान विभागको उद्घाटन दा.गो.पा.प शिक्षा विभागका भूमिपुत्र सचिव एवं यसै बिधायालयका भू.पू. छात्र किरण कुमार लोहारको बाहुलीबाट गरियो|समारोहका प्रमुख अथिति

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.