"खोज प्रतिभा" को नृत्य प्रतियोगिता: दाजु बहिनी कला केन्द्र सालुगडा प्रथम

मंग्पू | केशर मोक्तान: रम्बी युनाइटेड माइनोरिटी स्पोर्ट्स वेलफियर एकाडेमीको तत्वधानमा सम्पन्न भएको "खोज प्रतिभा" को नृत्य प्रतियोगितामा दाजु बहिनी कला केन्द्र सालुगडा ले प्रथम स्थान ओगट्न सफल रह्यो | संघको सभापति मनजीत दर्नालको अध्यक्षतामा सम्पन्न भएको यस नृत्य प्रतियोगिताका प्रमुख अतिथि नर्बुजी लामाको बाहुलीबाट विजय प्रतियोगीहरुलाई पुरस्कार वितरण गरियो | जीतेन छेत्री, रमेश गुरुङ,मनोज एकलकाँटे र प्रियंका सिंहले संचालन गरेको कार्यक्रमको फाइनलमा १३ वटा प्रतियोगीहरु पुग्न सफल बनेका थिए भने दाजु बहिनी कला केन्द्र (प्रथम), उर्गेन तेन्जिंग लामा(दोश्रो) अनि निशा छेत्री(तेश्रो) स्थान ओगट्न सफल बनिन् | उक्त फाइनल राउण्डमा १३ वटा ग्रुपले सुन्दर नृत्य प्रस्तुत गरेर सम्पूर्ण दर्शकवर्गलाई मन्त्र मुग्ध पारे | रम्बी बजार खेल मैदानमा सम्पन्न भएको त्यस कार्यक्रमको निर्णायकहरु क्रमैले निलु राई ( बुगी बुगी ममी स्पेशल प्रतियोगी कालेबुंग) आदित्य सोनाम,बिकु दर्नाल,अनि ग्राण्ड मास्टर राजेन गुरुङ रहेका थिए | नृत्य प्रतियोगिताको प्रथम हुने दाजु बहिनी कला केन्द्र सालुगाडालाई नगद राशी दश हजार रुपियाँ सहित ट्रफी प्रदान गरियो भने उक्त ट्रफी स्व मणिकुमार प्रधानको स्मृतिमा उनको परिवार पक्षबाट प्रदान गरियो |  यसै गरी आयोजक समितिको पक्षबाट वरिष्ट नागरिक गोपाल प्रधान ,समाज सेवक अरुण भण्डारी लगायत तीन जना निर्णायकगण निलु राई, आदित्य सोनाम अनि बिकु दर्नाललाई संवर्धना जनाईयो | उक्त प्रतियोगितामा सहयोग पुराउने सेवक मोटर्स ,सिलिगुडी, रम्बी थाना प्रभारी, रम्बी बजार ग्राम सुधार समिति, नवदीप परिवार, हिमालय बिकाश समिति अनि हिमाली ग्राम सुधार समितिलाई आयोजक समितिले आभार प्रकट गरेका छन् | यस नृत्य प्रतियोगिताको मनोरंजन लिन दर्शकहरुको व्यापक भिड जमेको थियो |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.