डी के वाइबा: कालेबुङ 1 मार्च: पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जी कालेबुङको यात्रामा आज प्रथम चोटि यहाँ आईपुगिन। यस अवसरमा तिनको स्वागतमा मानिसहरुको ब्यापक भीड जमेको थियो। दर्जीलिंग पहाडमा मोठ 9 महिनामा छ चोटि आउँने राज्यका मुख्य मन्त्री कालेबुङमा भने प्रथम पल्ट आएका हुन। कालेबुङमा प्रथम पल्ट आएका मुख्य मन्त्री ब्यानर्जीलाई गोजमुमो पर्टीका प्रवक्ता एंव बिध्यायक डा हर्कबहादुर छेत्री लगायत मोर्चाका अन्य नेताहरुले स्वागत गरे। दार्जीलिंगबाट आज कालेबुङ आईपुगेका मुख्य मन्त्री ब्यानर्जीलाई यहाँको थाना डाँडामा नौमती बाजा बजाएर स्वागत गरे भने यस अवसरमा मुख्यमन्त्रीले थाना डाँडाबाट मेन रोड हुँदै डम्बर चौक सम्म पैदल यात्रा गरे। तिनले पैदलयात्रा गर्दै मानिसहरुको अभिवादनलाई हात हल्लाएर स्वीकर गरे पनि कसैलाई सम्बोधन भने गरिनन। दार्जीलिग पहाडको यात्रामा आउँदा तिनी यस अघि कालेबुङ कहिलै आएका थिएनन तर आज प्रथम चोटि आउँदा खुबै प्रशन्न रहेका देखिन्थे। तिनको सवागतमा जमेको भिड्लाई हात हल्लाएर अभिवादन गरेपछि यहाँको डम्बरचौकबाट तिनी डा ग्राह्मस होम्स बिद्यालयको परिदर्शन गर्न पुगे। तिनले डा ग्राह्मस होम्स पुगेर गत 18 सितम्बरमा आएको बिनासकारी भुईँचालोले पुर्याएको क्षतिबारे बृतान्त जानकारी लिए। यस अवसरमा तिनले केहि क्षणसम्म बिद्यालय कर्तृपक्ष सित कुराकानी पनि गरे। यस अवसरमा डा ग्राह्म होम्स बिद्यालयमा पनि तिनलाई भब्य स्वागत जानाईयो। यसै सिलसिलामा तिनले बिद्यालय कर्तृ पक्षसित कुराकानी गर्दै बिद्यालयको खुबै प्रशंसा गरे। कालेबुङमा खुबै राम्रो बिद्यालयहरु रहेको बताउँदै डा ग्राह्म होम्स विश्वभरीका नामी बिद्यालयहरु मध्ये एक रहेको तिनले बताईन। डा ग्राह्म होसको सबै जानकारी लिए पछि तिनी सोझै यहाँको डेलो टुरिष्ट लजमा प्रस्थान भईन। दुई दिवसीय कालेबुङको यात्रामा आईपुगेका मुख्य मन्त्री ममता ब्यानर्जीले प्रथम चोटि कालेबुङ आउँदा यहाँका मानिसहरुलाई के भन्ने हुन भनेर मानिसहरुले प्रतिक्षा सँचिरहेको भएता पनि तिनले कसैलाई सम्बोधन गरिनन। जसको कारण मानिसहरु तिनको सम्बोधन सुन्न नपाई घर फर्कनु पर्यो। तिनले यस अवसरमा पत्रकारहरु सित पनि कुनै कुराकानी समेत गरिनन। यता आज प्रथम चोटि कालेबुङ आएका ब्यानर्जीले भोलि गोजमुमो पर्टी सित यहाँको डेलो टुरिष्ट लजमा 2 बजे बैठक गर्ने जानकारी पाईएको छ भने तिनले यहाँको महकुमा अस्पताल, दुर्बीन गुम्बा लगायत कतिपय बिद्यालयहरुको परिभ्रमण गर्न सक्ने जानकारी पाईएको छ।
Post a Comment
We love to hear from you! What's on your mind?