३० वर्षको सेवा पछि कुइलेनविद डा० यु० के० सोम मंग्पू सिन्कोनाबाट अवकाश लिए

मंग्पू | १ मार्च | केशर मोक्तान: १९८३ सालमा मंग्पू कुइलेन कारखानामा सह कुइलेनविदको कार्यभार सम्हालेर आएका डा० यु० के० सोमले १९९९ साल देखि पूर्ण कुइलेनविदको पदमा नियुक्ति पाएर २९ फरवरी २०१२ सम्म सिन्कोनालाई सेवा पुराए पश्चात अवकास ग्रहण गरेका छन् | डा० सोमले मंग्पू कुइलेन कारखानामा ३० वर्ष कार्य गरेपछि हिजदेखि अवकाश लिएका छन् | सिन्कोनामा उनले ३० वर्षको लामो अवधि पुरा गरेपछि उहाँको योग्दानलाई पूर्ण कदर गर्दै सम्पूर्ण कुइलेन कारखानाका कर्मचारीहरुले भब्य कार्यक्रम बीच सम्मान जनाए | आज मंग्पू कुइलेन कारखाना भवनमा सिन्कोना बगान व्यवस्थापक सी० बी० थापाको अध्यक्षतामा बिदाई समारोहको आयोजना भयो | जहाँ प्रमुख अतिथि सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बाले सम्बोधन गर्दै डा० सोमले ३० वर्ष सम्म निष्ठापूर्वक आफ्नो सेवा गरे बापत उनको प्रसंसा गरे गर्दै भावी दिनको सुस्वास्थ्य साथै दिर्घायुको कामना गरेका छन् | समरोहमा सिन्कोना बगान सह व्यवस्थापक जे० सादा, चिफ क्यामिस्ट करिम साबु, कुइलेन कारखाना बडा बाबु ए० सादा लगायत कारखानाका अधिकारीवर्गहरुको उपस्थिति रहेको थियो | कारखानाका कर्मचारी बिनाराम गहतराजले स्वागत भाषण राखेपछि प्रमुख अतिथि डा० सुब्बाले कुइलेनविद डा० सोमलाई खदा, माला र टोपी लगाइ दिए भने समारोहका अध्यक्ष एवम सिन्कोना बगान व्यवस्थापक सी० बी० थापाले पनि डा० सोमलाई खदा माला लगाएर सम्मान जनाए | यसै क्रममा कुइलेन कारखानाका सम्पूर्ण कर्मचारी र अधिकारीवर्गले पनि डा० सोमलाई खदा अर्पण गर्दै शुभकामना जनाए | कर्मचारी कल्याण संगठनका सचिवले स्मारिका पठन गरेपछि करिम साबको बाहुलीबाट डा० सोमलाई हस्तान्तरण गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.