मंग्पू | केशर मोक्तान: मंग्पू गुड स्टार्ट एकाडेमीका प्राचार्य एम० के० छेत्रीलाई (Good Start Academy,Mungpoo, Principal: M.K Chettri) भारत शिक्षा रत्न पुरस्कार (Bharat Shiksha Ratna Award) ले सम्मानित गरिएको छ | दुर्गम ग्रामीण क्षेत्रमा रही स्वास्थ्य शिक्षा र खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान पुराए वापद भारत शिक्षा रत्न पुरस्कारले सम्मानित गरिएको हो | उक पुरस्कारले भारत भरी ३५ जनालाई चयन गरिएको थियो भने पश्चिम बङ्गालको दार्जीलिंग जिल्लाबाट दुई जना एम० के० छेत्री अनि होम बहादुर छेत्रीलाई चयन गरिएको थाहा लागेको छ | एम० के० छेत्री उक्त पुरस्कार २७ फरवरीको दिन कन्स्टिट्युशशनल क्लब अफ इंडिया भवनमा पूर्व राज्यपाल भिष्म नारायण सिंहको बाहुलीबाट ग्रहण गरे | सम्मानित व्यक्तित्व छेत्रीले पत्रकारसित बात गर्दै यो भारत देशले दिएको सम्मान आफ्नो मात्र नरहेर सम्पूर्ण पहाडबासी र मंग्पूबासीको रहेको बताए | पुरस्कार पाएर आफुलाई औधि खुशी लागेको छेत्रीले बताए | पुरस्कार प्राप्त भएपछि आफूलाई जिम्मेवारी बढेको र आगमी दिनमा धेरै काम कुरा गर्ने सोंच रहेको बताए | प्राचार्य एम० के० छेत्रीले मंग्पूमा एउटा आइसीएससी स्किम भएको स्कूल खोल्ने भवन निर्माण गर्ने चासो रहेको बताए | स्मरण रहोस गुड स्टार्ट एकाडेमीले स्कूलका नानीहरुलाई शिक्षा संग संगै खेलकूद क्षेत्रमा पनि सधै अघि बढाउने कार्य गर्दै आइरहेको छ | यस विधालयबाट फुटबल खेलाडीहरु जिल्ला र राज्य स्तर सम्म खेल्न सक्षम बनेका छन् भने यसको मुख्य श्रेय पनि प्राचार्य एम० के० छेत्रीलाई नै जान्छ भनि स्थानीय मानिसहरु बताउँछन् |
Post a Comment
We love to hear from you! What's on your mind?