बर्मेक सार्बजनिक भवनको निम्ति अढाई लाख दिने बिधायक डा हर्कबहादुरको घोषणा

डी के वाइबा: कालेबुङ ३ मार्च: बिधानसभा चुनावमा भारी मतले बिजयी बनेका कालेबुङका बिधायक डा हर्क बहादुर छेत्री चुनाव जिते पछि आज पहिलो चोटि बर्मेक सिन्कोना बगान पुगेका थिए। दार्जीलिङ तराई डुवर्स प्लानटेसन लेबर युनियनको आयोजनामा सम्पन्न जनसभामा भाग लिन तिनी बर्मेक पुगेका थिए। चुनाव जिते पछि प्रथम चोटि आफु बर्मेक आएको बताउँदै बर्मेक बासीलाई यसै अवधि तिनले बर्मेक सार्बजनिक भवन निर्माणको निम्ति बिधायक कोऋबाट अढाई लाख रुपिया दिने घोषणा गरे। तिनले यसै अवधि पार्टीकै कार्यकर्ताहारुलाई ब्यङ्ग गर्दै आफुले दिएको पैसामा कण्ट्राकको निम्ति हाना थाप नगर्नु भनि कहिले काहीं त आफैलाई यस्तो काम गरु भन्ने लाग्ने गरेको भन्दै हँसौलि गरे। अहिले दार्जीलिङ पहाडमा बिपक्षी राजनैतिक पार्टीको कुनै अस्तित्व नरेहेको कुरा मुख्यमन्त्री समेतले भनेको बताउँदै तर झोडाको काम निस्कन्दा भने आफ्नेहरुको ताना तानले दिक्क भएको पनि तिनले ठट्ट्यौलि गर्दै भने। तिनले स्वीजरल्याण्डमा भन्दा धेर थोक दार्जीलिङमा भएको बताउँदै यहाँ केवल बिद्धि मात्र नभएको जनाए। आफ्नो ठाउँमा सबै थोक हुँदा हुँदै पनि आईडिया, बुद्धि र ईमान्दार भन्ने कुरा चाहीँ नरहेको तिनले हँसाउँदै सबैलाई भने। जीटीए गठन भए पछि यहाँको सर्वाङ्गिन बिकास आफुहरुले नै गर्न सकिने बताउँदै तर पायो भन्दैमा “बाँदरको हातमा नरिवाल” भन्ने उखान चरितार्थ बनाउँन नहुने तिनले बताए। 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.