मंग्पूबाट ग्यास चोरेर चम्पट कसेको न्यानो गाडी कालेबुंगमा पक्राउ, मंग्पू पुलिसले देखायो सफलता

मंग्पू | केशर मोक्तान: गत मार्च १ राती मंग्पू विभाग निवासी शशिभूषण राईले आफ्नो ग्यास एजेन्सी दोकानबाट आठवटा ग्यास चोरहरुले  लिएर WB 74W3698 गाडीमा भागेको मंग्पू  पुलिस आउट पोस्टमा २ मार्चको दिन प्राथमिकी दर्ता गरेका थिए भने उक्त प्रथिमिकीको आधारमा मंग्पू पुलिसले त्यस दिन देखि नै छानबिन गरेर त्यस रात ग्यास लिएर चम्पट कस्ने गाडीलाई उद्धार गरी आज मंग्पू  आउट पोस्टमा ल्याउन सफल बनेको कुरो मंग्पू थाना प्रभारी सौरभ घोषले बताएका छन् | मंग्पू पुलिस टोलीले सिलिगुडी आर० टी० ओ० कार्यलयमा उक्त गाडीको मालिकको ठेगाना पत्तो लगाएपछि चार दिनको अन्तरालमा आज कालेबुंग नोबेल्टि सिनेमा हल नजिक रातो न्यानो गाडी सितै मालिक नजरुल अनसरीलाई पुलिसले पक्राउ गरेको जानकारी मंग्पू थाना प्रभारीले दिएका छन् | पुलिसले पक्राउ गरेको मालिक विरुद्ध रंगली थानामा ५/१२ केश दर्ता गरेको छ भने गाडी गाडी मालिकलाई भोलि दार्जीलिंग अदालतमा उभाउने भएको छ | गाडी मालिकलाई पक्राउ गरेतापनि त्यस दिन एल० पी० जी० ग्यास लिएर चम्पट कस्ने गाडी चालकलाई भने मंग्पू पुलिसले खोज तलाश गरिरहेको कुरो पुलिसले बताएका छन् | मंग्पूबाट हालसम्म बोलेरो गाडी र धेरैवटा बाइक चोरी भइरहेको थियो भने यसरी ग्यास एजेन्सीबाट ग्यास पनि गाडीमा हालेर चोरी हुनु थालेकोले सम्पूर्ण मंग्पूबासी चकित बनेका छन् | कतै यस ग्यास चोरी भएको घटनासित स्थानीय मानिसहरुको पनि हात रहेको त छैन भन्ने साधारण मानिसले सोच्न थालेका छन् भने मंग्पूमा यसरी बारम्बार भइरहने चोरीको घट्नाले सबैमा नैराश्यता छाएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.