‘आन्दोलन भनेको हतारको काम खोलाको गीत हुनु हुँदैन’ – छत्र सुब्बा

बिशेष प्रतिनिधी:गान्तोक 5 मार्च: आफ्नो ब्यक्तिगत कामले केहिदिन कालेबुङबाट बाहिर गएका गोर्खाल्याण्ड आन्दोलनका जंगी नेता छत्र सुब्बा आज आफ्नो घर आईपुगे। केहिदिन घरबाहिर रहेका सुब्बाले आज घर आए पछि आफ्नो व्यक्तिगत कामलिएर बाहिर गएको जानकारी दिदै कहाँ गएको थिए भन्ने कुराको भने जानकरी दिएनन। तिनले घर आईपुग्ने साथ केहिदिन अघि एउटा नेपाली दैनिक समाचार पत्रमा प्रकाशित (हाम्रो प्रजाशक्ति होइन) खबरको खण्डन गर्दै राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई कालेबुङ भ्रमणमा आउँदा आफुले भेट्न पत्रचार नगरेको बताए। उक्त समाचार पत्रमा आफुले मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट्न नपाएकोमा हाताश बनेको समाचार रहेको थियो भन्दै उक्त खबर नितान्त झूटो रहेको दाबी गरे। म आन्दोलनकारी हूँ, गोर्खाल्याण्ड मुद्दाकै निम्ति मैले 11 वर्ष जेल बसे। यत्रो लामो समयसम्म जेल बस्दा त म हताश र निराश कहिल्यै भईन भने मुख्यमन्त्रीलाई भेटन नपाउँदा हातश हुने कुरै छैन। जब कि मैले भेट्ने ईच्छा समेत गरेको थिईन छत्र सुब्बाले भने । उक्त समाचार आफुलाई बदनाम गर्ने कोशिस हुन सक्ने बिचार ब्यक्त गर्दै आन्दोलनकारी मान्छे कहिल्यै हताश र निराश हुँदैनन भनि दाबी गरे। अहिले आफुले मुख्यमन्त्री भेटने कुनै योजना नरहेको बताउँदै समय आए पछि क कसलाई भेटनु पर्ने हो भन्ने कुरा आफै तय हुने तिनले बताए। यसै क्रममा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनलाई अघि बडाउँन अहिले बिभिन्न स्तरमा काम भईरहेको दाबी गर्दै समय आए पछि नै सबै सर्बजनिक गर्ने तिनले थप जानकारी गराए। हतारको काम खोलाको गीत हुनु हुँदैन आन्दोलन भन्ने कुरा। आन्दोलन गर्दा सबै रणनीतिहरु तयार पार्नु पर्छ। सरकारले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन दबाउँन बिभिन्न प्रकारको रणनीतिहरु तयार पार्छ भने आन्दोलनकारीहरुले सरकारको रण्नीति बिफल पार्दै लक्ष्यसम्म पुग्न दह्रो रणनीति बनाउँन आवश्यक छ – छत्र सुब्बाले थप भने। आजसम्म सरकारले रचेको षडयन्त्रमा आन्दोलनकारीहरु फँस्ने गरेको कारण नै गोर्खाहरुले छुट्टै राज्य प्राप्त गर्न नसकेको बताउँदै आन्दोलनकारीहरुमा ईमान्दारीपन हुन आवश्यक रहेको तिनले बताए।  गोर्खाल्याण्डको सपनालाई साकार पार्न सबै गोर्खाहरुको एकता पनि उत्तिकै आवश्यक रहेको बताउँदै जनताहरुले पनि सही कुरा बुझेर सडका ओर्लिन आवश्यक रहेको तिनले बताए। छुट्टै राज्यको निम्ति बिगतदेखि बर्तमान सम्म मानिसहरु सहिद बनेको कुरागर्दै आफुले सबै काल परिस्थिति हेरेर नै आन्दोलनको घोषणा गर्ने जानकारी दिए। अहिलेघरी आन्दोलनको प्राथमिक रणनीतिहरु बनिने क्रम जारी रहेको बताउँदै बिभिन्न स्थानहरुमा गोर्खा लिबरेसन अर्गनाईजेसन (जीएलओ) गठन कार्य समेत तिब्र गतिमा भईरहेको तिनले दाबी गरे। आन्दोलन अघि बडाउँन संगठन दह्रिलो हुन आवश्यक रहेको बताउँदै जीएलओ अहिले संगठित बनिने कार्य भईरहेको अनि यसपाली हुने आन्दोलन बिगत दिनको भन्दा एकदमै शान्ति प्रकारले गर्ने योजना रहेको तिनले पुन: दाबी गरे। तिनले जीएलओ संगठित भईरहेको दाबी गरेता पनि कुन स्थानहरुमा गठन हुँदैछ भन्ने कुरा भने जानकारी दिन चाहेन तर कालेबुङ क्षेत्रमा मात्र गठन नभएर सबै स्थानहरुमा गठनहुँदै गरेको जानकारी दिए। आन्दोलनको निम्ति हतार गर्नु ठिक नहुने बताउँदै काल परिस्थिति बुझ्नु आवश्यक रहेको तिनले जनाए। सबै क्षेत्रबाट आन्दोलनको रणनीतिहरु तयार  भए पछि मात्र एउटा जनसभा डाकेर नै आन्दोलनको शंखघोष गर्ने तिनले थप जानकारी दिए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.