दार्जीलिङ पहाडमा राजीव गान्धि एलपीजी डिस्ट्रिबुसन योजना लागु गर्नुपर्ने माग सुन्दासको

डी के वाइबा; कालेबुङ, 6 मार्च। दार्जीलिङ पहाडमा राजीव गान्धि एलपीजी डिस्ट्रिबुसन योजना लागु गर्नुपर्ने माग माकपा नेता तारा सुन्दासले  माग गरेका छन्। एकातिर सरकारले गरीबहरु लाभान्वित बनोस भन्ने हेतुले बिभिन्न योजनाहरु लागु गरिरहेका छन् भने त्यहीं सरकारी योजनाहरुबाट पहाडका मानिसहरु भने बञ्चित बन्न परिरहेको तारा सुन्दासले आरोप लगाए। दार्जीलिङलाई पहाडको मूलधारामा ल्याउँनुपर्छ भन्दै एकातिर देशका प्रधानमन्त्री, राष्ट्रपति आदिले भनिरहेका छन् भने अर्कोतिर त्यहीं दार्जीलिङका मानिसहरुले खाना पकाउँने ग्यास समेत सहि समयमा पाउँन सकिरहेका छैनन् भनि तारा सुन्दासले बताए। तिनले दार्जीलिङ पहाडमा मानिसहरूले ग्यास सही समयमा नपाइरहेको बताउँदै पहाडमा राजिब गान्धी एलपीजी ग्रामिण डिट्रिब्युसन स्किम लागु गर्नुपर्ने मागमा माकपाकको पक्षबाट गत 12 जनवरीमा देशको पेट्रोलियम मन्त्री जयपाल रेड्डीलाई पत्रचार गरेक बताउँदै हाल माकपाले दाबी गरेको अनुरुप पहाडमा सो स्किम लागु हुने विज्ञप्ती जारी भएपछि केही हदसम्म आफूहरूले सफलता पाएको सुन्दासले दावी गरेतिनीले उक्त योजना पहाडको चार ठाउँहरूमा लागु हुने भएको जानकारी गराउँदै यहाँको लोवर सिन्देबुङमा, टिस्टा, रम्बी वा सुन्तलेको बीचमा, जोरबङ्गलोमा अनि गोरूबथानको अप्पर फागुमा उक्त योजना लागु हुने भएको जनाए। उक्त योजना लागु गर्न सरकारले बिज्ञापन जारी गरेकोमा आफुहरुले केहि हदसम्म सफलता हासिल गरेको जनाए। तिनले उक्त योजना लागु गर्न सरकारले बिज्ञापन जारी गरे पनि दार्जीलिङ पहाडको अन्य क्षेत्रहरुमा पनि यस योजना लागु गर्न पर्नुपर्ने माग गरे। तिनले खरसाङको गाडीधुरा, रङ्गली-रङ्गलीहाट, बिजनबारी, कफेर आदि ठाउँहरू यसचोटी पनि उक्त योजनाबाट छोडिएकोमा तिनले आपत्ति जनाए।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.