GJMGJMGG ले आन्दोलनको शुरुआत अतिनै राम्रो ढंगले गरेको हो जुन
कुरालाई हामी नकार्न सक्दैनौ/ तर आज आएरG GGJMGGJMGJM पनि जनताको आशा र विश्वासको बिपरीत GTA, GATA, GAMTA, पछौटे जिल्ला भन्दै अनेकौ मुद्दाहरुबीच अड्कि एको छ/ अब हाम्रो अगुवाहरु नै मूल मुद्दालाई छोडेर बाटो बिराउन थ ालेपछि हाम्रो अगाडी एउटा ठूलो प्रश्नचिन्ह के लागेको छ भने "आखिर यो मुद्दा कसको हो त?" "हामी गोर्खालैंड नामको जुन समाधानको खोजीमा लागिपरेका छौ आखिर त्यो कुन समस्याको समाधान हो?" "यो मुद्दा दार्जीलिंग क्षेत्रबासीको मात्र हो या सम्पूर्ण भारतबर्षभरि छरिएर बसेका
प्रत्येक गोर्खाहरु को हो?" “यो आन्दोलन बंगालबाट दार्जीलिंगलाई छुट्टाउने प्रयत् न हो वा सम्पूर्ण भारतबर्षभरि का गोर्खेहरुको राजनैतिक सुरक्षा र चिन्हारी को निम्ति हो?” "यो आन्दोलन बन्दकी राखिएको वा पूर्व नेताहरुद्वारा बेचिएको माटोलाई फुकाउने क्रम हो वा सर्बभारतीयस्तरमा गोर्खाहरुको राजनैतिक
अस्तित्व स्थापित गर्दै गोर्खाहरुलाई राष्ट्रको राजनैतिक मूलधारा मा
ल्याउनु हो?" उपरोक्त प्रश्नहरुलाई एकपल्ट ठण्डा मगजले सोंच्नेबेला आएको छ/
यदि यो आन्दोलन सम्पूर्ण भारतीय गोर्खाहरुको राजनैतिक सुरक्षा र परिचय
को निम्ति हो भने आज किन दार्जीलिंग क्षेत्रलाई बिकास गरिदिने बंगाल सरकारको आश्वासनसित साटीदैछ/ किन केन्द्र र राज्य सरकारलाई गोर्खाहरुको राष्ट्रिय समस्याको बारेमा बुझाउने काम भएको छैन/ मुखलेमात्र राष्ट्रिय आन्दोलन घोषणा गरेर देशभरिको
गोर्खेहरुलाई मुछेर आज किन सरकार संग दार्जीलिंगको पानी, बिजुली, बाटो इत्यादिको मात्र कुरा हुँदैछ/ सत-प्रतिसत जनताले विश्वास गरेको हाम्रा
माननीय बिधायक श्री छेत्री ज्यूले आज कसरी भन्दैछन् कि "११ वटा वार्तामा काउन्सिल को मात्रै कुरा भयो गोर्खालैंड को त कुरै गरेका छैनौ" आज उनले कसरी "जनता बटुल्नको निम्ति मात्रै गोर्खालैंड भनेको" भनेर खुल्लेआम जनता को अघि भन्दैछन् / राष्ट्रिय स्तरमा गोर्खाहरुलाई
प्रयोग गरेर छेत्रीय स्तरमा चौकी हत्याउने खेल भईरहेछ/ जानी बुझी १.५ करोड गोर्खाहरुको राष्ट्रिय समस्यालाई लुकाउने प्रयास गरिदैछ किनकि गोर्खालैंडको लामो लडाई लडीरहनु भन्दा छोटो समयमा नै सत्ता हासिल गरेर यसको सुख भोग्ने खेल खेलेको देखिदैछ/
आज हाम्रो गोर्खालैंड का १२०० सहीदहरुको निर्मम हत्यालाई याद गरेर, आफ्नै घरभित्र आफ्नो अस्मिता लुटीमाग्ने गोर् खे चेलीलाई याद गरेर, हातमा तिरंगा
लिएर शान्ति जुलुसमा बस्दा निधारमा गोलि ठोकी माग्ने हाम्रा नानीहरुलाई
याद गरेर, भारतबर्ष को एउटा खाटी नागरिक भएर पनि पुर्बोत्तर राज्यहरुबाट उच्छेद गरिएका हजारौ गोर्खाहरुलाई सम्झेर, भारतबर्षको स्वतन्त्र संग्रामदेखि आजसम्म नै यसको उत्थान, बिकाश र सुरक्षा मा आरु जातिहरु सरह
नै काँध मा
काँध मिलाएर आएको भए पनि आज बिभिन्न राज्यहरुमा परिचय बिहीन भएर बिदेशी को लान्छना सहँदै आउने गोर्खे सन्तान को आँशु सम्झेर हामी हाम्रो गोर्खे जाति को सु रक्षा र स्वाभिमान को खातिर GJM बाट आफ्नो स्वेच्छा ले राजिनामा दिदैछौ/
"के हामीले सही नेतृत्वलाई साथ् दिदैछौ?" के हामीले विश्वास गरेको
नेताले आज लिएको उपलब्धिले माथि याद गरेका गोर्खेहरुको सपना साकार होला? वा हामीले गरेको योगदान ले नेताहरु को स्वार्थ पूर्ति मात्र त भईरहेको छैन? हामीले सही निर्णय लिने समय आज नै हो किनकी सही नेतृत्वलाई साथ् दिएर मुद्दालाई टुंगोमा पुराउनु वा गलत शक्तिलाई साथ् दिएर सम्पूर्ण गोर्खेजाति लाई डुबाउनु हाम्रो हातमा नै
छ/ आज हामीले नबुझी
कुनैपनि गलत शक्तिलाई साथ् दिए हाम्रो आउने भावी पिडी आंधाकरमा पुग्नेछन्/ आजको हाम्रो एउटा गलत निर्णयको फल भोलिको गोर्खे सन्तानले भोग्नपर्ने हुन्छ यसर्थ हामीले सही कुरा बुझेर सही निर्णय लिनु समय को मांग हो/
पैसा नै चिन्हारी हो भन्ने नेताले यो मुद्दालाई टुंगो मा
पुराउला? GJM GJM गोर्खालैंडको निम्ति बनिएको हो र यो झन्डाले भोट लड़दैन भन्ने नेताहरु नैMuMuni muMu Municipal Vote को निम्ति टाउको फुटा-फुट हुन
थाले पछि अब के आशा गर्न सकछौ? आफ्नै दार्जीलिंग जिल्लामा ८३% भोट ले
जितेर त विधानसभामा गोर्खालैंड को उच्चारण गर्न सकेन भने अब उत्तराखण्ड, असम र अन्य राज्य बाट गोर्खालैंड भन्छ भन्नु बिर्बल ले खिचडी पकाएको कथा जस्तै छ/ दार्जीलिंग क्षेत्रबासी आइला, भुइचालो, पुल दुर्घटना, बन्द कमान, पानी, बिजुली, बाटो घाटो जस्ता अनेक समस्याहरु
ले अस्त-ब्यस्त बनेको बेला दार्जीलिंगभरि मेला, उत्सव गराउदै नेता चाहिँ मुम्बई, नेपाल बाट मोडल बोलाएर cat walk गराउने अनि Hot ballon मा घुम्ने, के उक्त नेता हरुले गोर्खाहरुको दुखा-पिडा साचै ब ुझेका होलान? के यो आन्दोलन नेताहरुलाई पोसाउने आन्दोलन मात्र त भएको छैन? के यो आन्दोलन साचै गोर्खेहरुको उत्थानको निम्ति भईरहेको छ वा नेताहरुको हर जग्गामा आफ्नो दब-दबा बनाउने खेल मात्र हो?
यस्ता अनेकौ प्रश्न हरु को प्रतिउत्तर हामी ले स्पष्ट देखेपछि अब
हामी नेताको स्वार्थपूर्ति को निम्ति नभएर सम्पूर्ण जनता को अकांछापूर्ति
को निम्ति लड्ने निधो गरेका हौ/
हामीले यो गोर्खालैंड को लडाई देखि हात धोएको होइनौ तर अब
धोकाको राजनीति देखि निस्किएर साँचो अर्थमा गोर्खालैंडको लडाई लड्न निस्केका हौ/ यदि कोहि पनि one point agenda "गोरखालैंड" & one and only demand "गोरखालैंड" को लागि लड्न तयार भए हामी हर प्रकार ले सहयोग गर्न तयार छौ/

Post a Comment
We love to hear from you! What's on your mind?