डी के
वाइबा: कालेबुङ 25 मार्चः बारम्बार
गोर्खाहरुलाई बिभिन्न षडयन्त्र गरेर संबैधानिक अधिकारबाट बञ्चित गरिरहेको
क्रामाकपाले आरोप लगाएको छ। क्रामाकपा महासचिव तारामणी राईले आज यहाँको
पार्टीकार्यलयमा पत्रकारहर्लाई सम्बोधन गर्दै जीटीए गठन गरेर सरकारले गोर्खाहरुको
समस्या समाधान भयो भन्ने जुन कुरा गरिरहेको छ त्यस कुराले गोर्खाहरुको गोर्खाल्याण्डको
दाबीलाई ठ्लो बाधा भएको दाबी गरे। जीटीएले क्षेत्रीय बिकाशको समस्या समाधान गर्न
सके पनि गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको सवाललाई भने पुरा गर्न नसक्ने
कुरालाई राष्ट्रिय स्तरमा अघि बडाउँन नै टास्क फोर्स अनि क्रामाकपाले दिल्लीमा
धर्ना प्रदर्शन गरेको राईले जनाए। सरकारले अहिलेघरि जीटीए दिएर गोर्खाहरुको समस्या
समाधान भयो भन्नु उचित नरहेको जनाउँदै यस्ता गलत प्रचारहरुको क्रामकपाले बोरोध
गरिरहेको तिनले जनाए। तिनले गत 19 अनि 20 मार्चको दिन दिल्लीको जंतर मंतरमा टास्क
फोर्स अनो क्रामाकपाले धर्ना प्रदर्शन गरेर सबैको ध्यान गोर्खाल्याण्ड मुद्दाप्रति
आकर्षित गरेको तिनले जनाए। यसै अवधी तिनले गोर्खाल्याण्डको माग गर्दै भारतका
राष्ट्रपति, प्रधानमंत्री आदिलाई पत्र दिएको जानकरी गराए। तिनले आफुहरुले दिल्लीमा
गरेको धर्ना कार्यक्रम सफल भएको बताउँदै गोर्खाहरुको समस्या केवल गोर्खाल्याण्ड
राज्यले मात्र समाधान गर्ने ठोकुवा गरे। यसै क्रमका तिनले केहिदिन अघि तराई डुवर्स
क्षेत्रमा गोर्खा बोरोधी शक्तिहरुले गरेको पोष्टरिङ सम्बन्धि बिरोध गर्दै यस्ता
संगठनहरुले सम्प्रादायिक दंगा फैलाउँने चेष्टा गरिरहेको आरोप लगाए। गणतान्त्रिक
देशमा सम्प्रादायिक कुरा गरेर मानिसहरुमा आतंक सृजना गर्नु संविधान बिरोधी कार्य
रहेको दाबी गर्दै संबिधान बिरोधी काम गर्नेहरु बिरुद्ध कटोर कार्वाही गर्नुपर्ने
पनि तिनले माग गरे। गोर्खा बिरोधी शक्तिहरुले पोष्टरिङ गरेर गोर्खाहरुलाई बिदेशीको
आरोप लगाउँनु गम्भिर रहेको बताउँदै यस्ता बिरोधी शक्तिहरुसित जुझ्न सबै मानिसहरु
तयार बस्नुपर्ने पनि तिनले थप जनाए। यसै क्रममा आफुहरुले गोर्खाल्याण्ड टास्क
फोर्ससित मिलेर गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलन क्षेत्रीय स्तरमा मात्र
सिमित नराखेर देशब्यापी बनाउँन काम गरिरहेको तिनले जनाए। यस कुराहरुलाई पार्टीले
सम्पूर्ण जनताहरुलाई जगरुक गराउँदै गोर्खाल्याण्डबारे अहिलेसम्म भईरहेको
कार्यक्रमहरुबारे आगमी मईदिवसको दिन दार्जीलिङमा जनसभा गरेर सबैलाई जानकारी
गराउँने तिनले थप अवगत गराए। अहिलेसम्म गोर्खाल्याण्ड राज्य गठनहुन नसक्नुमा
आन्दोलनकारीहरुको कार्य पदत्ति सही प्रकारले नभएको पनि तरामाणि राईले दाबी गरे।

Post a Comment
We love to hear from you! What's on your mind?