डी के
वाइबा: कालेबुङ 25 मार्चः गोर्खा
जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङलाई आज कालेबुङ न्यायलयले दुईवटा छुट्टा छुट्टै
मुद्दाहरुमा निर्दोश प्रमाणित गरिदिएको छ। छुट्टै राज्य गोर्खाल्याण्डको नारा
लगाएर दार्जीलिङ पहाडमा नयाँ राजनैतिक शक्तिको रुपमा देखा परेको गोजमुमो पार्टीले
आन्दोलनकालमा राष्ट्रिय राजमार्ग 31 ए बन्द गरेको आरोपमा पुलिस प्रशसनले बिमल गुरुङ
अनि मोर्चा समर्थकहरुलाई मुद्दा दर्ता गरेको थियो। दुवैवटा राष्ट्रिय राजमार्ग
बन्द गरेको सन्दर्भमा लगाईएका मुद्दाहरुको आज यहाँको न्यायलयमा सुनवाई भएको थियो।
यस अवसरमा मोर्चा प्रमुख बिमल गुरुङ अनि अन्य मोर्चा कर्यकर्ताहरुको उपस्थिति
रहेको थियो। न्यालयले गुरुङमाथि लगाईएको आरोपहरु बारे सुनवाई गर्दै गवाहीहरुको
बयान सुने भने यता मोर्चा प्रमुखको मुद्दा लडिरहेका अधिवक्ताले ग्रुङको पक्षमा
तर्क राखे। दुवै पक्षहरुको तर्क सुनेपछि न्यायलयले गोजमुमो प्रमुख बिमल गुरुङलाई
निर्दोश प्रमाणित गरेर सम्मान सहित छुट्कार दिए। तिनलाई अदालतले निर्दोश प्रमाणित
गरेर छुट्कारा दिएपछि खुबै प्रसन्न मुद्रमा बाहिर निस्केका ग्रुरुङले आफ्ना
समर्थकहरुलाई मिठाई बाँडेर खुशियाली प्रकट गरे। यद्यपि तिनले यस सम्बन्धि
पत्रकारहरुसित भने कुनै कुराकानी गर्न चाहेनन।

Post a Comment
We love to hear from you! What's on your mind?