क्रामाकपा द्वारा जीटीएको बिरोध र गोर्खाल्याण्डको मागमा शहरमा पोष्टरिंग

डी के वाइबा: कालेबुङ 1 मार्च:   मुख्य मन्त्री ममता ब्यानर्जीको दुई दिवसिय कालेबुङ भ्रमणलाई केन्द्र गरेर आज क्रामाकपाले शहरमा पोष्टरिंग गर्‍यो। मुख्यमन्त्री ब्यानर्जीले बुधबार दार्जीलिंगमा जीटीएले दार्जीलिंग पहाडको समस्या समाधान भयो भन्ने कुराको क्रामाकपाले पोष्टरमा बिरोध गरेको छ। दार्जीलिंग पहाडको समस्या जीटीएले होईन केवल गोर्खाल्याण्डले मात्र पुरा गर्ने दाबी गर्दै स्वीजरल्याण्ड होईन गोर्खाल्याण्ड देऊ भनि क्रामाकपाले माग गरेको छ। गणतन्त्रको राग अलाप्दै अगणतान्त्रीक शक्तिहरुलाई प्रश्रय दिने मुख्यमन्त्री चाहिन्दैन भनि क्रामाकपाले पोष्टरमा लेखेको छ। यस सम्बन्धमा क्रामाकपा कालेबुङ आन्चलिक समितिका प्रवक्ता मोहन पौड्यालले पत्रकारहरुसित कुराकानी गर्दै मुख्य मन्त्रीले जीटीले दार्जीलिंग पहाडको समस्या समाधान भयो भनेर ब्यर्थैको दाबी गरेको बताए। तिनले गोर्खाहरुको समस्या केवल गोर्खाल्याण्डले मात्र गर्न सक्ने बताउँदै यसै कुरा तिनलाई जनाउँन चाहेको पनि तिनले बताए। दार्जिलिंग पहाडमा जीटीएले केवल क्षेत्रको बिकाश मात्र हुन सक्ने बताउँदै गोर्खाहरुको समस्या समाधन भयो भन्ने कुरा नितान्त झुटो रहेको तिनले दाबी गरे।
अर्कोतिर क्रामाकपाले शहरमा पोष्टरिंग गरेको सन्दर्भमा गोजमुमो प्रवक्ता एंव कालेबुङका बिधायक डा हर्क बहादुर छेत्रीले प्रतिक्रिया ब्यक्त गर्दै घरमा बसेर गोर्खाल्याण्ड माग्दैमा राज्य गठन नहुने बताए। मोर्चाले जीटीएले गोर्खाहरुको समस्या समाधान भयो भनेर कहिल्यै नभनेको बताउँदै अन्तिम लक्ष्य भने गोर्खाल्याण्ड नै रहेको तिनले दाबी गरे। छुट्टै राज्य सोझै नहुने कुरा बुझेर नै मोर्चाले जीटीए पहिला थापेको जानकारी दिदै क्रामाकपाले गोर्खाल्याण्डको मागमा शहरमा पोष्टरिंग गरेर मोर्चाको आन्दोलनलाई नै सहयोग पुगेको दाबी गरे। शहरमा पोष्टरिंग गरेर गोर्खाल्याण्डको माग गरेको कारण मुख्य मन्त्रीले समेत यहाँका मानिसहरुले गोर्खाल्याण्ड नै चाहेका रहेछन भन्ने कुरा बुझ्ने भएकोले मोर्चाको आन्दोलनको अन्तिम लक्ष्य समेत छुट्टै राज्य भएको कारण मोर्चाको आन्दोलनमा सहयोग पुग्ने तिनले दाबी गरे। तिनले क्रामाकपालाई टिप्पणी गर्दै घरबाट कसैले गोर्खाल्याण्ड माग्दैमा हुँदैन भन्ने सुझाव राख्दै यसको निम्ति राजनैतिक पार्टीहरुको कार्यक्रम हुन आवश्यक रहेको डा छेत्रीले बताए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.