डी के
वाइबा: कालेबुङ 19 मई: आगमी 21 मईको दिन दार्जीलिङमा अखिल
भारतीय गोर्खालिग पार्टीले स्व मदन तामङको पुण्य तिथी पालन गर्ने तय
गरेको छ भने त्य्सै दिन गोजमुमो पार्टीले समेत जनसभा गर्ने घोषणा गरेको छ। यस
बिषयमा आज दार्जीलिङबाट कालेबुङ आईपुगेका गोजमुमो सहसचिव राजु प्रधान प्रधानसित
जान्न चाहँदा मोर्चाले अभागोलिको जनसभालाई बाधा दिन आफुहरुले जनसभा गरेको होईन भनि
स्पष्टिकरण दिएका छन। दार्जीलिङमा 21 मईको दिन जनसभा गर्ने मोर्चाको पूर्वघोसित
कार्यक्रम रहेको दाबी गर्दै उक्त जनसभा हुने दाबी गरे। आफुहरुले कसैलाई बाधा दिने
चाहना नराखेको बताउँदै मदन तामङको पुण्यतिथीमा कुनै जनसभा छ भनेर आफुहरुलाई थाह
समेत नभएको तिनले बताएका छन। गोजमुमो पार्टीको जनसभा हुने कुरा पार्टीले अघिबाटै
तय गरेको बताउँदै क्षेत्रको शान्ति शृखला बिगार्ने गोजमुमो पार्टीको योजना नरहेको
तिनले यसै अवधी स्पष्टिकरण दिएका छन।
नवोदित संघद्वारा बिद्यालयलाई पिउँने पानीको सेट
प्रदान
डी के
वाइबा: कालेबुङ 19 मई: कालेबुङमा बर्तमान समयमा पिउँने
पानीको हाहाकार भएको कुरालाई ध्यानमा राख्दै यहाँको
नवोदित संघले यहाँको प्रणामी बिद्या बालिका बिद्यालयमा एक्वा प्युर ड्रिङकिङ वाटर
सेट प्रदान गरेको छ। हाल पानीको समस्या भएको कारण साथै बजारमा बिभिन्न वाहनहरुमा
बिकेर बितरण गरिने पानी स्वास्थ्यको निम्ति लाभदयक समेत नभएको कुरालाई ध्यान राखेर
समाजले बिद्यालयलाई शुद्ध पानीको व्यवस्था मिलाउँने काम गरेको संघका अध्यक्ष गोपि
सिलालले बताए। साई सम्झना टोल कालेबुङको नवोदित संघले शुरु देखिनै सामाजिक कार्य
गर्दै आईरहेको जानकारी गराउँदै हाल शहरमा पानीको बिकट समस्याले बिद्यार्थीहरु पिरोलिरहेको
कारणले शुद्ध पानीको व्यवस्था गर्न उक्त पिउँने पानीको व्यवस्था मिलाउँने काम
गरेको तिनले थप जानकारी गराए। संघका अध्यक्ष गोपि सिलाल, सचिव रतन थामी, अभय
प्रधान तथा अन्य सदस्य रहेको टोलिले आज बिद्यालयका प्रधान अध्यापिका प्रतिभा
कुमाईलाई उक्त शुद्ध पिउँने पानीको सेट प्रदान गरे पछि प्रधान अध्यापिका कुमाईले
नवोदित संघ प्रति आभार प्रकट गरेका छन।
Post a Comment
We love to hear from you! What's on your mind?