कोलकोता | १९| केशर मोक्तान: राज्य सरकार द्वारा आयोजित मिलन मेला प्रगति उत्सवमा मंग्पू सिन्कोना बगानबाट पनि औषधीय पौधा साथै पुष्प प्रदर्शनीको निम्ति लागिएको थियो भने उक्त कार्यक्रमको उद्घाटन खाद्य प्रकरण तथा हर्टिकल्चर विभाग मन्त्री उज्ज्वल विश्वास अनि चीफ सेक्रेटरी सी० एम० बचावतको बाहुलीबाट गरियो | कोलकोताको ४० डिग्री गर्मीमा मंग्पू सिन्कोना बगानबाट फुलाएर लागेको विभिन्न थरिका अर्किड देखेर कोलकोताबासी तीन छक परे | सिन्कोना एवम अन्य औषधीय पौधाहरुको निर्देशक डा० ज्ञानचन्द्र सुब्बाको अगुवाईमा गएको २२ सदस्य टोलीले सिन्कोना, एपिकेक, रबर, बेकोटा,सिनेरियमा अर्किड, फ्यालोनवसीस अर्किड, सुन्तला तथा अन्य औषधीय पौधाहरु प्रगति उत्सव मिलन मेलामा प्रदर्शनीको निम्ति लागिएको थियो | यस मेलाको प्रदर्शनी हेर्न कोलकोताबासीको व्यापक भीड रहेको थियो | सिन्कोना बगानबाट लागिएको अर्किड फूललाई देखेर मोहित बनेका कोलकोताबासीले अर्किडलाई किनेर घर लानु चाहेता पनि गर्मीको कारण यस प्रदर्शनीको निम्ति अर्किड कम्ति लागिएको हुँदा साथै अर्किड फूललाई केवल प्रदर्शनी कै निम्ति मात्र लागिएकोले उनीहरुले किनेर लान सकेन | यस पुष्प प्रदर्शनी मेलामा राज्यका विभिन्न विभागका मन्त्रीहरुले परिदर्शन गरे | उक्त मेला सिन्कोना, एपिकेक तथा रबर सिन्कोना बगानका कर्मचारी श्याम कुमार छेत्री, सुबास तामांग र चन्द्र प्रकाश शर्माको देखरेखमा राखिएको थियो भने पुष्प प्रदर्शनी पुस्कर सिंगर र रबी राईको अगुवाईमा राखिएको थियो | साइट्रस डाइब्याक रिसर्च स्टेशन कालेबुंगबाट महादेव छेत्रीले पनि प्रगति उत्सवमा अन्श्ग्रहण गरेका थिए | उक्त प्रदर्शनीमा कृषि मन्त्री तथा अबु हिन्न लगायत पुर्व सिन्कोना निर्देशक हितेश मोहनले पनि परिभ्रमण गरे |
Post a Comment
We love to hear from you! What's on your mind?