मंग्पू | ३ मई | केशर मोक्तान: आगमी ६ मई आइतबारको दिन मंग्पू वरिपरिका गुम्बाहरुमा २५५६ वां बुद्ध जयन्ती भव्य रुपमा पालन गरिने भएको छ | आज देखि यहाँको लाब्दा दोङा छोइलिङ बौद्ध गुम्बामा बौद्ध धर्म गुरु पासाङलामा र पेमा लामाको अगुवाईमा दोमाङपाठ शुरु भएको जानकारी गुम्बा सचिव प्रकाश तामांगले बताएका छन् भने आगमी ६ मईको दिन धर्म गुरुहरुबाट धार्मिक प्रवचन साथै अभिषेक वाङ वितरण गरिने भएको छ | उक्त धार्मिक अनुष्ठानमा पूजा आयोजक समिति सबैलाई हार्दिक स्वागत जनाउँदछ | यस्तै गरि रेशेप सार्वजनिक बौद्ध गुम्बा, वीचकमान सार्वजनिक बौद्ध गुम्बा, लाब्दा बस्ती गुम्बा र मंग्पू गुम्बामा बुद्ध जयन्ति पालन गरिने भएको छ |
अर्कोतिर मंग्पू सार्वजनिक देवी मन्दीर समिति मंग्पू विभागको आयोजनामा बुद्ध पुर्णिमाको अवसर पारेर दैविक स्थल मंग्पू चुली थुम्का(Mungpoo Chuli Thumka)मा श्रद्धा एवम भक्तिको साथ देवी पूजा पनि आयोजना गरिने भएको छ भने उक्त धार्मिक पूजा आयोजक समिति द्वारा पनि सबै सबैमा हार्दिक स्वागत जनाएको छ |
Post a Comment