कालेबुङ नगरपालीकाले बितरण गर्‍यो पानी नगरवासीले फेरे राहतको श्वास

डी के वाइबा: कालेबु 11 मई: पिउँने पानीको अभावमा काकाकुली नै बन्न परेको कालेबुवासीलाई आज कालेबु नगरपालिकाले पानी बितरण गरेर राहतको श्वास फेर्ने मौका दिएको छ। लगातार चार दिन बिभागबाट पानी नआएपछि मानिसहरु आक्रोशित बनिरहेको समयमा हिजो मात्र बिभागले हात्तिको मुखमा जिरा भने जति पानी बितरण गरेर जनताको आक्रोश बिस्फोट हुन रोके पछि आज नगरपालिकाले वाहनमा पानी बोकेर नगरपालिका क्षेत्रको बिभिन्न वार्डहरुमा बितरण गर्ने काम गर्‍यो। आज बिहानै देखि नगरपालिकाले तत्परता देखाउँदै मोठ 37 वटा वाहनहरुमा पानी बोकेर बितरण गर्दा मानिसहरु पानी थाप्ने होडमा तैछड र मैछाड गरिरहेको थियो। नगरपालिकाले आज बिभिन्न स्थानहरुमा पानी बितरण गरे पछि शहरवासीले राहतको श्वास फेरेका छन। यता पीएचई बिभागले भने आज पानि सर्वराह भने गरेन भने नगरपालिकाले समस्या पुर्ति  गरिदिएर मानिसहरुलाई केहि मात्रमा राहत दिअन सक्षम बनेको छ। शहरमा पानीको हाहाकार मच्चिए पछि नगरपालिका अध्यक्ष एलबी परियारले तत्काल पहल गर्दै वाहनहरुमा आजदेखि पानी बितरण गरे। नगरपालिकाले शहरमा पानी बतिरण गरे पनि एउटा चाखलाग्दो बिषय भने केहि महिना अघि शहरमा निजी वाहनहरुले बितरण गर्ने पानी पिउँन योग्यको छैन भनि ठोकुवा गर्ने नगरपालिकाले त्यसै झोडाहरुको पानी बितरण गरेको छ। नगरपालिका स्वास्थ्यअहेको  अधीकारीले केहि महिना अघि मात्रै शहरमा बितरण हुने पानेहरुमा बिभिन्न प्रकारका रोगहरु फैलिने ब्याक्टिरियाहरु रहेको दाबी गर्दौ उक्त पानीहरु पिउँन योग्यको छैन भनेको थियो। यता नगरपालिकाले उक्त घोषणा गरेको स्थानहरुकै पानी बितरण गर्दा भने नगरपालिकाको भुमिका माथि पनि प्रश्नचिन्ह खडा गरिदिएको छ। यस सम्बन्धमा नगरपालिका अध्यक्ष एल बी परियारले पत्रकारहरुसित कुराकानी गर्दै नगरपालिकाले आज देखि बितरण गरेको पानीमा स्वास्थ्यलाई मध्यनजर राखेर आवश्यक दवाईहरु प्रयोग गरिएको जानकारी दिए। यस बिषयमा कसैले पानी पिउँने योग्यको छैन भन्ने गलत धारणा नराख्ने अनुरोध गर्दै पानी स्वच्छ रहेको दाबी गरे।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.