सिन्कोना बगान जीटीए भित्र गाभिएको खुलासा

 मंग्पू | केशर मोक्तान: १५० साल पुरानो पहाडकै दोश्रो बृहत उद्योग सिन्कोना(Cinchona)पनि जीटीए भित्र गाभिएको कुरो राज्य सरकार द्वारा १२ मार्च २०१२ मा जारी गरिएको ग्याजेट नोटिफिकेशन ( द कोलकाता ग्याजेटमा ) प्रकाशित भएको छ | अंग्रेजहरुको शासनकालमा सन् १८६२ देखि शुरु गरिएको मंग्पू सिन्कोना खेति हाल सम्म राज्य सरकारको हर्टिकल्चर तथा खाद्य प्रकरण विभागले देखरेख गरिरहेको थियो | यस भन्दा अघि राज्यका वाणिज्य औ उद्योग विभागले देखरेख गरिरहेको सिन्कोना बगान पछिबाट हर्टिकल्चर विभागमा गाभिएको कारण सिन्कोना उद्योगको अवस्था मरणसन्नमा पुगेको जान्नमा आएको छ | यसैगरि पहाडमा २००७ सालमा गोजमुमोको गठन भएदेखि उसो उक्त पार्टी कै भात्रीसंगठन दातडुप्लालेयुको प्रयासमा सिन्कोना उद्योगलाई केहि हदसम्म उद्धार गर्ने कार्य भएपनि हाल सम्म राज्य सरकार कै अधिनमा सिन्कोना उद्योग चलिरहेको छ | तर प्रत्येक वर्ष राज्य सरकारले सिन्कोना उद्योगमा २६ करोड घाटामा रहेको दाबी गरेपनि कागजी तौरमा घाटा भएको खुलासा सरकारले आजसम्म गरेको थिएन | फलत: आज पर्यान्त सरकारले पहाडको सिन्कोनालाई चलाउन बाध्य बनिरहेकै छ | ट्र पहाडमा गोर्खाल्याण्डको विकल्प गोर्खाल्याण्ड टेरिटोरीयल एडमिनिसट्रेशन(Gorkhaland Territorial Administration (GTA) मा त्रिपक्षीय सम्झौता गरेपछि सिन्कोनालाई पनि जीटीए मै अन्तर्भुक्त गरिएको खुलासा भएको छ | राज्य सरकार द्वारा जारी गरिएको उक्त ग्याजेट नोटिफिकेशन च्याप्टर २ को २६ नम्बरमा जीटीए भित्र परेको अन्य विभाग जस्तै सिन्कोनालई पनि यो एक्टको प्रावधानहरु अनि हालमा चलनमा रहेको अन्य कुनै कानुनी अनि सरकारको सामान्य वा विशेष निर्देशहरु अनुसार यो क्षेत्रमा जीटीए सभाले निम्नलिखित सम्बन्धमा प्रशासनिक , वितीय अनि कार्यकारी क्षमता राख्दछ भनी उल्लेख गरिएको छ भने च्याप्टर २ को १३ मा कुइलेनबाट अनि बगानका बासिन्दाहरुको अधिनमा रहेका जमीनको बन्दोबस्त बगानका जमीनहरुका लीज प्रावधान भाडामा दिइने काम यस जीटीए अन्तर्गत पर्छ भनि उल्लेख गरिएको छ | 
यसरी सिन्कोना जीटीए भित्र गाभिएको समाचारले सम्पूर्ण सिन्कोना बगानमा चर्चा विषय बनेको छ | वर्षेनी नन् प्लान्ट बजेट मात्र सिन्कोना बगानमा ३१ देखि ४० करोड खर्च भएको दातडुप्लालेयु सिन्कोना जोन केन्द्रीय समिति सचिव गगन राईले एक जनसभामा बताइसकेका छन्  भने के जीटीए भित्र आएको बजेट अनुसार सिन्कोनालाई वर्षेनी यत्रो बजेट दिन सक्ला त ? प्रशनको विषय बनेको छ जनतामा | राज्य सरकारले वर्षेनी कडोर रुपियाँको घाटाको आकडा देखाईरहेको सिन्कोनालाई कतै सरकारले मार्ने षड्यन्त्र मात्र गरेर आफ्नो टाउको जोगाइ जीटीएको थाप्लोमा थुपारिदिएको त होइन भन्ने शंका गर्न थालेका छन् साधारण जनताहरु |
राज्य सरकारले सिन्कोनालाई जीटीएमा अन्तर्भुक्त गरेको खबरले १४ वटा सिन्कोना बगानका श्रमिक कर्मचारीहरु यस्तै प्रश्न - शंकाहरुले चिन्तित बनेको बुझिएको छ | सिन्कोना उद्योगलाई अब सुचारु चलाउनको निम्ति मोर्चाका शिर्ष नेतृत्व साथै दातडुप्लालेयु का प्रतिनिधिवर्गले नै गम्भीरतापूर्वक सोच्ने समय आएको बुझिन्छ | पहिले सरकारले दागोपाप गठन हुँदा सिनोना उद्योगलाई पनि गाभेका थिएन भने यसपल्ट जीटीए गठनमा पनि सिन्कोना भित्रिएला भन्ने सिन्कोनाबासीले सोचेका थिएन तर यसपल्ट भने राज्य सरकारले सिन्कोना जीटीएमा अन्तर्भुक्त गरेकोले समग्र सिन्कोना बगानहरुमा खुल्दुली मचिन थालेको छ | पहिले - पहिले सिन्कोनालाई सरकारले अनदेखा गरे सोझै राज्य सरकारलाई दोष दिने ठाउँ सजिलो थियो तर अब उसो कसलाई दोष दिने ? यसैले अब आफ्नै गाला आफ्नै लबटा बनेको अड्कल गर्छन जनता | 
सिन्कोनाको भविष्य सोच्ने नै हो भने सम्पूर्ण मंग्पू, रोंगो, मंसोंग, लाठ पन्चर  आदि सिन्कोना बगानका १४ वटा विभागका अधिकारीवर्ग , श्रमिक, कर्मचारीवर्गले आजदेखि नै लगनशीलता साथ वाककल्चरमा परिवर्तन ल्याउँदै सिन्कोनालाई आफ्नै सम्पति ठानेर आठ घण्टा काम गर्ने समय आएको बुझिन्छ नत्र भोलि सिन्कोनाबासीको भविष्य अन्धकारमा रहंदैन भन्न सकिंदैन | 
अर्कोतिर धेरै सालदेखि मंग्पूमा अवस्थित कुइलेन कारखाना (Mungpoo Cinchona Factory) बन्द रहिआएको छ भने पहिले कारखानाको जीर्ण अवस्थाबाट नै उद्धार गर्न पर्ने आवश्यकता सबैको आँखा अघि नै रहेको छ |

१५० साल पुरानो पहाडकै दोश्रो बृहत उद्योग सिन्कोना(Cinchona)पनि जीटीए भित्र गाभिएको कुरो राज्य सरकार द्वारा १२ मार्च २०१२ मा जारी गरिएको ग्याजेट नोटिफिकेशन ( द कोलकाता ग्याजेटमा ) प्रकाशित भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.