उतर बङ्गाल उन्नयन परिषदबाट पहाडको बिकाश भईरहेको मन्त्री गौतम देवको दाबी

मंग्पू | केशर मोक्तान: गत केही दिनदेखि तराई डुवर्समा जनसभा गर्ने अनुमति नपाएकोले गर्दा मोर्चाले पहाडमा सरकारी कार्यक्रम पूर्णरुपले बहिस्कार गर्दै आइरहेको थियो भने उक्त मोर्चाको बहिष्कारलाई मंग्पूमा आयोजित रविन्द्रनाथ ठाकुरको १५२ वां जन्म  जयन्तीले साम्य पारिदिएको जस्तो देखिएको छ | सरकार द्वारा आयोजित रविन्द्र जयन्ती समारोहमा आज एकै साथ उतर बंग बिकाश मन्त्री गौतम देव साथै मोर्चा नेता एवम खर्सांग महकुमा विधायक उपस्थित रहेको थियो | कार्यक्रममा मोर्चाका अन्य शिर्ष नेताहरु तथा कार्यकर्ताहरु उपस्थित नरहेपनि विधायक रोहित शर्मा तथा मन्त्री गौतम देवले एकैसाथ बसेर घन्टौँ समयसम्म कार्यक्रमको आनन्द उठाए | समारोहलाई सम्बोधन गर्दै उतर बङ्गाल बिकाश मन्त्री गौतम देवले पहाडको बिकाशको निम्ति ३१ करोड रुपियाँ दिइसकेको बताए | पहिलेको बामफ्रन्ट सरकारले उतर बङ्गाल उन्नयन क्षेत्रबाट दार्जीलिंग पहाडको बिकाशको निम्ति कुनै खर्च नगरेको आरोप लगाउँदै एक वर्षको अन्तरालमा पहाडी क्षेत्रको बिकाश हेतु  हालको सरकारले उतर बङ्गाल उन्नयन परिषदबाट ३१ करोड खर्च गरिसकेको ठोकुवा गरे | आइ० एन० सी० विभागबाट मंग्पू रविन्द्र संग्राहलयलाई १४ लाख रुपियाँ पारित गर्नको निम्ति कोलकाता पठाईसकेको बताउँदै यसैवर्ष आगमी अगस्त महिना भित्रमा यस खर्चलाई सरकारी तौरमा पारित गरि मंग्पू रविन्द्र भवनलाई विधुतिकरण गर्ने तथा रविन्द्र संग्राहलयलाई पुन: निर्माण गर्ने कुरा माथि मन्त्रीले जोड दिए | यस्तै गरि मंग्पूमा रविन्द्रनाथको स्मृतिमा चार करोड रुपियाँ अन्तरास्ट्रिय स्तरको गवेश्ना केन्द्र बनाउने कुरालाई पुन: दोहोराए | आगमी २२ श्रावण कविको मृत्यु  दिवस पालन गर्न अघि नै रविन्द्रनाथ संग्राहलयको विधुतिकरण समस्या र अन्य सबै समस्या समाधान गर्ने मन्त्रीले बचन दिए | स्मरण रहोस मंग्पू देखि ३ कि० मी० माथि अवस्थित सुरेल बंगलोमा पनि कविगुरुले बास गरेका थिए भने ८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा असामाजिक तत्वहरुले उक्त बंगलोलाई आगो लगाएको कारण त्यस ठाउँमा अहिले भग्नावशेष मात्र रहेको छ जो अब राज्य राज्य सरकारले त्यस बंगलोलाई पनि पुन: निर्माण गर्ने योजना रहेको मन्त्रीले जनाए | मंग्पू रविन्द्र संग्राहलयलाई राज्यको तीनवटा विभाग श्रमिक कल्याण, सुचना एवम सांस्कृतिक विभाग अनि सिन्कोना एवम हर्टिकल्चर विभागले देखरेख गरेको कारण नै यस संग्राहलयलाइ बिकाश गर्न ढिलो भएको बताउँदै यस विषयमा पनि चाडै नै समस्या समाधान गर्ने कुरा बताएका छन् | मंग्पू बाहेक दार्जीलिंग, कालेबुंग र खर्सांग महाकुम सरकारी अस्पतालमा पनि सरकारी तौरमा सी० टी० स्क्यान राख्ने सरकारको योजना रहेको मन्त्रीले अव्गात गराए | 
समारोहलाई सम्बोधन गर्दै कवि गुरु रविन्द्रनाथलाई श्रद्धा चडाउन कोलकाता विधान सभाबाट मंग्पू  आइपुगेका खर्सांग महकुमा विधायक डा० रोहित शर्माले कवि गुरुले गीतान्जली लेखेर आज भारत नै विश्व भरिमा चिनाएको बताए | विश्व कवि रविन्द्रनाथ ठाकुर चार पल्ट पाइला टेकेको भुमि मंग्पूमा साहित्यकारहरुको निम्ति तिर्थ स्थल नै बन्न पुगेको छ | राजनीति आफ्नो ठाउँमा छ अनि सबै कुरोलाई राजनैतिक दृष्टिले नहेरिदिने उनले अपिल गरे | उनले आज यस कार्यक्रममा स्थानीय जनता तथा नेतागणलाई पनि उक्त सरकारी कार्यक्रममा निम्ताएको भए सुनमा सुगन्ध हुने थियो अनि आयोजक पक्षबाट स्थानीय मोर्चा नेतागणलाई तथा जनतालाई निमन्त्रणा नपठाएको कारण नै उनीहरु यस कार्यक्रममा उपस्थित नरहेको बताए | सरकारले पहाडलाई  उतर बङ्गाल बिकास परिषदबाट बाहिर राखेको थियो जसको कारण बिकासको क्रमबाट बिमुख रहनु परेको थियो तर वर्तमान सरकारले दार्जीलिंग पहाडलाई हाल उतर बङ्गाल बिकाश परिषदमा अन्तर्भुक्त गरेको कारण अब पहाडमा बिकाशको मूल फुट्ने कुरामा आशावादी रहेको विधायकले जनाए | विधायकले मन्त्री देवको प्रसंसा गर्दै हालमा उतर बङ्गाल बिकाश परिषदबाट पहाडमा बिकाश भइरहेको जनाए |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.