मंग्पू: जीटीएको नयाँ सिमांकन अनुसार लाब्दा मंग्पू समष्टिमा हाइवे रम्बी (Highway Rambi)बजार साथै टांगे फरेस्ट बस्ती र र्यांग शाखालाई अन्तर्भुक्त गरिएकोमा मोर्चा रम्बी बजार शाखाले स्वागत जनाएको छ | आज स्थानीय रम्बी शाखा कार्यलयमा पार्टी कै अध्यक्ष मनभरण सिंहको अध्यक्षतामा एक सभा बस्यो | बिगत दिनमा सेवक १० माइल फरेस्ट बस्ती देखि रम्फूसम्मको क्षेत्रलाई लिएर अलग हाइवे समष्टि गठनको माग गर्दै आइरहेको भए पनि पार्टी अध्यक्ष बिमल गुरुङ द्वारा हाइवे समष्टि गठनमा कतिपय भौगोलिक अनि कानुनी असुविधा पर्ने भएकोले समष्टि गठन गर्न नसकिने बताएपछि यस रम्बी र्यांग तथा टांगे फरेस्ट बस्तीलाई लाब्दा मंग्पू २२ नम्बर समष्टिमा गाभिदिए पछि मोर्चा अध्यक्ष बिमल गुरुङ प्रति रम्बी बजार गोजमुमो शाखाले आभार व्यक्त गरेका छन् | आगमी दिनमा मोर्चा केन्द्रीय समितिको निर्णयलाई शिरोपर गर्दै रम्बी बजार शाखाले पालन गर्ने भएको छ | सभामा युवा मोर्चा रम्बी शाखा सभापति जितें छेत्रीले सम्बोधन गर्दै जीटीए चुनाव पछि रम्बी बजार क्षेत्रलाई पनि मोर्चा अध्यक्ष तथा लाब्दा मंग्पू समष्टि द्वारा बिकाश गरिदिनुपर्छ भन्ने आशा गरेका छन् | सभामा रम्बी शाखा सचिव ध्रुव राई, उपाध्यक्ष राजेन मुखिया, उपसचिव अरुण भण्डारी, युवा मोर्चा रम्बी शाखा सचिव सागर हिंगमांग, नारी मोर्चा सभानेत्री मंजीता प्रधान, अनि टांगे शाखा सभापति लोकमान राई लगायत उपसभापति रमेश भुजेल अनि र्यांग शाखा सभापति मन बहादुर छेत्री र कार्यकर्ता नर्बु लामा, अर्जुन तामांग उपस्थित रहेका थिए भन्ने जानकारी युवा मोर्चा सचिव सागर हिंगमांगले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?