सेन्ट एन्थोनीका नानीहरु द्वारा सिन्कोना बगानका औषधीय पौदाहरु साफ सफाई

मंग्पू| केशर मोक्तान: विश्व पर्यावरण दिवसलाई केन्द्र गरेर स्थानीय सेन्ट एन्थोनी स्कूल(St. Anthony School Mungpoo) का नानीहरुले यहाँ लाब्दा सिन्कोना बगान बरबोटे डांडामा औषधीय पौधाहरुको साफ सफाई गरे | लाब्दा सिन्कोना बगान सह व्यवस्थापक जे० सादाको बिशेष उपस्थितिमा उक्त सफाई अभियान भएको थियो | स्मरण रहोस हरियो बन सबैको धन भन्ने मन्त्रलाई शिरोपर गर्दै गत वर्ष पनि पर्यावरण दिवसको तिथि पारेर सेन्ट एन्थोनी स्कूलका नानीहरुले रुख, हर्रा, बर्रा, अमलाको पाँच सय भन्दा अधिक विरुवाहरु रोपेका थिए भने यस वर्ष त्यसै विरुवालाई स्यार सुसार गरि बाँसको खुट्टी लगाउने र औषधिमूलक विरुवामा मलजल गर्ने कार्य भयो | उक्त सफाई कार्यक्रममा स्कूलका प्रधान अध्यापक सन्तोस विश्व लगायत सम्पूर्ण शिक्षक - शिक्षिका उपस्थिति रहेका थिए  भने बगान ग्यांगम्यान बी० बी० मोहरा अनि सम्पूर्ण कर्मचारीहरु लगायत अभिभावक भानु राईको पनि बिशेष उपस्थिति रहेको थियो |

विश्व पर्यावरण दिवसलाई केन्द्र गरेर स्थानीय सेन्ट एन्थोनी स्कूलका नानीहरुले यहाँ लाब्दा सिन्कोना बगान बरबोटे डांडामा औषधीय पौधाहरुको साफ सफाई गरे |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.