हाईपावर कमिटिको रिपोर्टले गोर्खाल्याण्ड माग्ने भारतभरीका गोर्खाहरुलाई कुठाराघात गरेको छ – प्रो मुनिष तामङ

डी के वाइबा: कालेबुङ 11 जूनः गोर्खाल्याण्ड टास्क फोर्सको आज यहाँको दुख निवारक सम्मेलन भवनमा एउटा आकस्मिक बैठक बसेर हाईपावर कमिटि संगै जीटीएको जोरदार बिरोध गरेको छ। यस अवसरमा उक्त बैठकमा टास्क फोर्सका अध्यक्ष रेभरेन डा एनोसदास प्रधान, महासचिव प्रो मिनिष तामङ, आर मोक्तान, क्रामाकपा पार्टीका अपाध्यक्ष जे बी राई, गोर्खालिग पार्टीका अपाध्यक्ष लक्ष्मण प्रधान, महासचिव प्रताप खाती, गोरानिमो प्रमुख दावा पाख्रिन आदिको बिशेष उअपस्थिति रहेको थियो। बैठकमा तराई डुवर्सको निम्ति गठित हाईपावर कमिटिले राज्य सरकारलाई बुझाएको रिपोर्ट माथी व्यापक छलफल गरेको उक्त रिपोर्ट खारेज गर्ने निर्णय लिएको छ। हाईपावर कमिटिको रिपोर्टले सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाल्याण्ड राज्य माग्ने गोर्खाहरुलाई कुठाराघात गरेको छ। वास्तवमा हाईपावर कमिटिको रिपोर्टले गोर्खाहरुलाई कुठाराघात हुनुमा दार्जीलिङ पहाडको शक्तिशाली दल मानिने गोर्खा जनमुक्ति मोर्चा दोषि छन। किन भने गोजमुमो पार्टीले नै हाईपावर कमिटि बसाउँनुपर्छ भनेर माग गरेको थियो अनि आज त्यही कमिटिले तराई डुवर्समा गोर्खाहरु अल्प सङख्यकको रुपमा रहेको देखाएर गोर्खाल्याण्ड माग्ने सबै राजनैतिक दलहरुलाई बोल्ने बाटो बन गर्ने सुनियोजित षडयन्त्र रचेर धोका दिएको छ- उक्त कुरा गोर्खाल्याण्ड टास्क फोर्सका महासचिव मुनिष तामङले भनेका हुन। आज यहाँको दुख निवारक सम्मेलन भवनमा टास्क फोर्सको बैठक समाप्त भएपछि पत्रकार सम्मेलन डाकेर तिनले अवकाश प्राप्त न्यायधीय स्यामेल सेनको नेतृत्वमा गठन भएको हाई पावर कमिटिको टिप्पणी गर्दै गोजमुमो पार्टीलाई तराई डुवर्सको गोर्खा बहुल क्षेत्रको दाबी नगरेर ऐतिहासिक दस्तावेजको आधारमा उक्त भूभागहरु माग गर्नुपर्ने सुझाव दिएको बताउँदै आफुहरुको सुझावलाई अन्देखा गरेर हाईपावर कमिटिको पक्षमा जाँदा नै आज सम्पूर्ण गोर्खाहरुलाई  नै घात हुन पुगेको तिनले दाबी गरे। तिनले आफुहरुले सुरुदेखिनै जीटीएको अवधारणा नै गलत रहेको दाबी गरिरहेको दोहोर्‍याउँदै मोर्चाले भने टास्क फोर्सको सुझावलाई पत्तै नदिदा राज्य सरकारले धोका दिएको तिनले दाबी गरे। आफुहरुलाई स्यामेल सेनको रिपोर्टसित खासै कुनै सरोकार नबने पनि अबोप्रान्त कुनै पनि राजनैतिक पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दा राज्य अनि केन्द्र सरकारले तराई डुवर्समा उक्त रिपोर्टलाई आधार बनाएर गोर्खाल्याण्डको आवज दबाउँने बताउँदै यस्तो हुनुमा पूर्ण रुपमे गोजमुमो जिम्मेवार रहेको मुनिष तामङले दाबी गर्दै टास्क फोर्सले स्यामेल सेनको रिपोर्ट अनि मोर्चाले सम्झौता गरेको जीटीएलाई नै खारेज गर्ने बताए। हामी पहिले पनि गोर्खाल्याण्ड भन्दै थियौ, अहिले पनि गोर्खाल्याण्ड भन्दैछौ अनि पछि पनि गोर्खाल्याण्डनै भनिरहनेछौ। गोर्खाल्याण्ड बाहेक हाम्रोमा कुनै बिकल्प छैन। स्यामेल सेनको रिपोर्टमा पाँचवटा मौजामात्र गाभिने कुरा होस कि मोर्चाले दाबी गरेको 396 वटा मौजा नै गाभिने कुरा होस तर हामी जीटीएको बिरोध गर्छौ अनि केवल गोर्खाल्य़ाण्डको मागलाई प्रमुखता दिनेछौ- मुनिष तामङले अझ भने। सोहि क्रममा तिनले बर्तमान समयमा हाईपावर कमिटिले जीटीएमा केवल पाँचवटा मौजाहरु मात्र गाभिने सिफारिस गर्दा गोजमुमो पार्टीले अर्को आन्दोलनको कुरा गर्नु हाँस्यस्पद रहेको बताउँदै यो केवल मोर्चाको नाटक मात्र हो भनि दाबी गरे। आफुहरुले ऐतिहासिक तथ्यको आधारमा तराई डुवर्सको भूभाग दार्जीलिङ पहाडमा गाभिएर छुट्टै राज्य गठन गर्नुपर्ने माग गर्दा गोजमुमो पार्टीले जबर जस्ती हाईपावर कमिटि स्वीकार गर्दै सोहि कमिटिको रिपोर्ट मान्ने सम्झौता गरिसकेपछि आज त्यसै कमिटिले बनाएको रिपोर्ट पालन गर्दिन भन्नु केवल जनतालाई ढाँट्ने नाटक मात्र हो भन्दै उक्त रिपोर्टले गोर्खाहरुको आकाक्षालाई दबाएको तिनले जनाए। यस सन्दर्भमा गोर्खाल्याण्ड टास्क फोर्सले हाईपावर कमिटिको रिपोर्टलाई खारेज गर्नुको साथै गोजमुमो पार्टीले सम्झौता गरेको जीटीएलाई समेत खारेज गरेर आगमी 14 जुनको दिन राज्यका मुख्य मन्त्री ममता व्यानर्जीलाई फ्याक्स वार्ता पठाउँने जानकारी गराए। हाईपाव कमिटिको रिपोर्ट एकदमै पक्षपात पूर्ण रहेको दाबी गर्दै गोर्खाहरुलाई तराई डुवर्समा हाईपावर कमिटिले अल्प सङख्यकको रुपमा देखाएर गोर्खाहरुको मागलाई सधैको निम्ति दबाउँने सरकारेले सुनियोजित षडयन्त्र रचेको तमाङले अझ बताए।
अर्कोतिर गोर्खाल्याण्ड टास्क फोर्सका अध्यक्ष रेभरेण डा एनोसदास प्रधानले टास्क फोर्सले जीटीएको अनि स्यामेल सेनको रिपोर्ट खारेज गर्दै आगमी दिनमा उक्त रिपोर्ट अनि जीटीएको सम्झौता पत्र जलाउँने घोषणा गरेका छन। तिनले हाईपावर कमिटिले सिफारिस गरेको रिपोर्ट प्रति टास्क फोर्सको घोर बिरोध रहेको जनाउँदै सबै मानिसहरु छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति अघि आउँनुपर्ने आह्वान गरेका छन।

गोर्खाल्याण्ड टास्क फोर्सको आज यहाँको दुख निवारक सम्मेलन भवनमा एउटा आकस्मिक बैठक बसेर हाईपावर कमिटि संगै जीटीएको जोरदार बिरोध गरेको छ।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.