डी के वाइबा: कालेबुङ 13 जूनः कालेबुङ नगरपालिकाले यहाँको नोभेल्टि परिसर नजिक निर्माण गर्ने भनेको
मल्टिकमप्लेक पुरा हुन अगावै बाराम्बर विवादहरुको घेरामा पर्न गएको छ। यसै
सिलसिलामा मङगलबार राती आएको पानीले उक्त स्थानमा पैह्रो गएर पुन गरपालिकालाई
विवादको कठघरमा उभ्याईदिएको छ। मङगलबार राती अविरल वर्षा परेको कारण केहि महिना
अघि कालेबुङ नगरपालिकाले मल्टिकम्प्लेक्स निर्माण गर्न उक्त स्थानमा डोजर लगाएर
माटो खनेको भित्ता पैह्रोले झरेको छ। जसको कारण उक्त स्थान नजिक रहेको सरकारी
पुलिस क्वाटर भत्केर बाटोमा झर्ने सम्भावना बडेर गाएको छ। राती परेको पानीले
नगरपालिकाले डोजर लगाएर खनेको भित्ता पैह्रो गएर सडकमा थुप्रिन आईपुगेके पछि आज
बिहानै घट्ना स्थलमा कालेबुङका अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, थाना आईसी
प्रसाद प्रधान पुलिस दलबल सहित घटना स्थालको जायजा लिन पुगेका थिए। यसै क्रममा
नगरपालिका उपाध्यक्ष गंगामाय गुरुङ लगायत अन्य नगरपार्षदहरु पनि घटना स्थलको
जानकारी लिन आईपुगे। यसै क्रममा पुलिस प्रशासन अनि नगरपालिका माझ भना भैरि पनि
भयो। यस अवसरमा कालेबुङका अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चाले पत्रकारहरु सित
कुराकनी गर्दै नगरपालिकाले मल्टिकम्प्लेक्स निर्माण गर्नको निम्ति उक्त स्थानमा
माटो खन्ने कार्य सुरु गर्दा देखिनै पुलिस बिभागले सुरक्षा देवल पनि संग संगै
लगाउँने अनुरोध गर्दा समेत अन्देखा गरेको आरोप लगाउँदै यस बिषयमा पुलिसका उच्च
अधिक्षकलाई जानकारी गराएर आवश्यक कार्वाही गर्ने जानकारी दिए। तिनले हाल पैह्रो
गएको मास्तिर पुलिसको सरकारी आवस रहेको जानकारी दिदै पैह्रोले उक्त पुलिस क्वाटर
झर्ने व्यापक सम्भावना रहेको जनाईन। नगरपालिकाले पीडब्ल्यु बिभागबाटबाट उक्त जमिन
लिएर जेसुकै निर्माण गरे पनि आफुहरुलाई कुनै सरोकार नरहेको बताउँदै पुलिसको सरकारी
जमिन भने सुरक्षित हुनपर्ने आफुहरुको चहना रहेको तिनले जनाउँदै हाल पैह्रो गएर
पुलिसको जमिन समेत पैह्रोको चपेटमा पर्न गएको तिनले जनाए। नगरपालिकाले उक्त
स्थानमा निर्माण कार्यको निम्ति माटो कटिङ सुरु गरेपछि तत्काल आफुहरुले उक्त
स्थानमा आएर नगरपार्षदहरुलाई सुरक्षा देवल निर्माण गर्ने सुझाव दिएको जानकारी दिदै
नगरपालिकाले यस बिषयमा कुनै चासो नदेखाएको कारण हाल समस्या सृजना भईरहेको तिनले
जनाए। यस बिषयमा नगरपालिकाले पैह्रो गएको स्थानमा यथाशिघ्र सुरक्षा देवल निर्माण
गरेर माथी रहेको पुलिस क्वाटरलाई सुरक्षा प्र्दान गर्नुपर्ने माग गर्दै यदि उच्च
अधिकारीबाट निर्देश आए नगरपालिकालाई मुद्द समेत लगाउँने तिनले स्पष्ट बताईन।
अर्कोतिर
मल्टिकम्प्लेक्स निर्माण कार्यले विवादमा फसेको कालेबुङ नगरपालिकाका अध्यक्षले
उक्त स्थानको दौडाह नगरे पनि उपाध्यक्ष गंगामाया गुरुङ भने क्षेत्रको जानकारी लिन
आईपुगेकी थिईन। यस अवसरमा आफुहरुले उक्त स्थानमा नोभेल्टि परिसर नजिक बसोबासो गर्ने
माँ सन्तोषि टोलका मानिसहरुलाई मल्टिकम्प्लेक्स निर्माण गरेर स्थान्तरण गर्न पहल
सुरु गरिरहेको जानकारी गराउँदै जनतालाई असुबिधा पार्नको निम्ति कुनै कार्य गरेको
होईन भनि स्पष्ट पारीन। तिनले हाल नगरपालिकाले उक्त स्थानमा निर्माण कार्य शुरु
गरिसकेको बताउँदै अचानक पानी परेर भित्ता झरेको कारण समस्या सृजना हुन पुगेको
जनाईन। उक्त पैह्रो कुनै ठुलो नरहेको बताउँदै नगरपालिकाले सबै पैह्रो सोहोरेर
मल्टिकम्प्लेक्स यथाशिघ्र निर्माण गर्ने समेत जनाउँदै वास्तवमा यहाँ कुनै ठुलो
विवाद गर्नुपर्ने कारण नरहेको तिनले जनाए।
अर्कोतिर
नोभेल्टि परिसरमा नजिक वसोवास गर्ने माँ सन्तोषि टोलका बासिन्दा पवन सुन्दासले
आफुहरु हाल नगरपालिकाले निर्माण गरिरह्को मल्टिकम्प्लेक्समा बस्ने सहमति नबनेको
जानकारी दिदै नगरपालिकाले उक्त स्थानमा पीडब्ल्यु भिभागबाट कुनै अनुमति समेत
ननिकाली माटो खन्ने कार्य गरिरहेको आरोप लगाए। नगरपालिकाले कालेबुङमा व्यबस्थित
मोटर स्ट्याण्ड निर्माण गर्ने बहनामा आफुहर पुस्तौ देखि बस्दै आईरहेको जमिनबाट
हटाउँने षडयन्त्र रचिरहेको आरोप लगाउँदै नगरपालिकाले आफुहरुकै निम्ति उक्त
मल्टिकम्प्लेक्स बनाईरहेको बताएता पनि अझसम्म कुनै सहमती नबनेको तिनले जनाए।
राज्य सरकारले पहाडवासीलाई
कोल्टे निति अप्नाईरहेको माकपाको आरोप
डी के
वाइबा: कालेबुङ 13 जून: कोलकोता पुलिसमा भर्ना हुन गएका कालेबुङ अलगडा पैयुङ वस्ति
निवासी सुरेस भुज़ेलको भर्ना अवधी बिरामी भएर मृत्यु भएको सन्दर्भमा माकपा नेता
तारा सुन्दासले प्रतिक्रिया जनाउँदै सुरेश भुजेलको मृत्यु नभएर बङगाल सरकारले
हत्या गरेको आरोप लगाएका छन। तिनले पहाडवासीलाई बिगत दिनमा बिभिन्न कार्यहरुमा
भर्ना गर्नको निम्ति सबै भर्नाको प्रक्रिया दार्जीलिङ पहाडमा हुने गरेको बताउँदै
हाल राज्य सरकारले पहाडवासीलाई रोजगारको अवसरबाट बञ्चित राख्न पुलिसहरुको भर्ना
समेत कोलकोताको गर्मीमा गरिरहेको तिनले आरोप लगाए। पहाडका मानिसहरु बर्तमान समयको
गर्मीमा कोलकता जस्तो ठाउँमा भर्नाको निम्ति जानु खुबै कठिनाई रहेको बताउँदै यो
राज्य सरकारले पहाडका बेरोजगार मानिसहरुलाई मार्ने सुनियोजित षडयन्त्र रहेको आरोप
लगाउँदै मृत सुरेस भुजेलको परिवारलाई राज्य सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने
तिनले माग गरे। यस सम्बन्धमा माकपा पार्टीले अपोजिसन पार्टीका नेता सुर्यकान्ता मिश्रलाई
फ्याक्स वार्ता पठाएर राज्य सरकारबाट लिखित जवाब माकपा पार्टीले मग्ने समेत तिनले
जानकारी दिए। उक्त बिषयलाई माकपा पार्टीले बिधानसभामा समेत उठाउँने जानकारी
गराउँदै यस सम्बन्धमा राज्य सरकारले लिखित जवाब दिनपर्ने तिनले माग गरेका छन।
पहिला राज्यमा माकपा सरकार हुँदा दार्जीलिङ पहाडका मानिसहरुलाई कोलकोता पुलिस लगयत
अन्य रोजगारहरुमा भर्ना गर्नको निम्ति सबै प्रक्रिया दार्जीलिङ पहाडको बिभिन्न
स्थानहरुमा हुने गरेको बताउँदै अहिले किन दार्जीलिङ पहाडका मानिसहरुलाई भर्ना
लिनको निम्ति पनि कोलकोताको गर्मीमा बोलाउँने काम गरिन्छ भन्दै राज्य सरकारले
पहाडवासीलाई कोल्टे निति अप्नाएको आरोप तारा सुन्दासले लगाएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?