गोरामुमो देखि गोजमुमोमा सामेल

मंग्पू | केशर मोक्तान: एक समय गोरामुमोका कर्मठ युवा नेताको रुपमा रहेको मंग्पू सिम्ले विभाग निवासी पवन बल आज देखि गोजमुमोमा सामेल भएको जानकारी मोर्चा सिम्ले शाखाका सचिव अरिफ मंगरले दिएका छन् | आज सिम्ले सरोजनी प्राथमिक पाठशालामा अध्यक्ष सुबास राइको अध्यक्षतामा मोर्चाको एक सभा बसी पवन बललाई गोजमुमो सदशयता दिइयो | पवन बलले ९ अप्रेल २०१२ को दिन नै गोजमुमोमा साधारण सदस्यको निम्ति अपिल गरेको थियो भने सोहि आधारमा गोजमुमो सिम्ले शाखाले आज नै जरुरी सभा राखी उनलाई पार्टीमा लिएको जानकारी शाखा सचिवले दिएका छन् | सभामा सम्बोधन गर्दै पवन बलले आजदेखि म सहृदय गोजमुमोमा सामेल भइरहेको छु र भविष्यमा गोजमुमो पार्टीलाई निष्ठापूर्वक साथ दिनेछु  भनी अव्गात गराए | सभालाई सम्बोधन गर्दै मोर्चा मंग्पू जोन सचिव रतन लामाले सिम्ले शाखाले लिएको निर्णयलाई स्वागत जनाउदै पवन बललाई अब मोर्चाको सिधान्तमा हिड्ने आह्वान गरे | यसरी मोर्चा मंग्पू जोन सचिव लामाको बाहुलीबाट गोजमुमो पार्टीको झण्डा पवन बललाई हस्तान्तरण गरियो | रवीन पाख्रिनले संचालन गरेको सभामा पवन बलले मोर्चाको सदस्यता ग्रहण गरे पश्चात उनलाई मोर्चा कार्यकर्ताहरुबाट खदा अर्पण गर्दै मोर्चामा स्वागत जनाए | सभामा मंग्पू  जोन सभापति प्रदीप छेत्री, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सचिव गगन राई लगायत युनियन सिम्ले शाखा सचिव पुष्कर थापा पनि उपस्थित रहेका थिए |

एक समय गोरामुमोका कर्मठ युवा नेताको रुपमा रहेको मंग्पू सिम्ले विभाग निवासी पवन बल आज देखि गोजमुमोमा सामेल भएको जानकारी मोर्चा सिम्ले शाखाका सचिव अरिफ मंगरले दिएका छन् |

Read latest post filed under mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.