डी के वाइबा: कालेबुङ 28 जूनः
दार्जीलिङ पहाडमा गोरामुमो पार्टीको 21 वर्षे शाषणलाई ध्वस्त पार्दै जन्मेको
राजनैतिक दल गोजमुमोलाई लगाम लगाउँन राज्यको तृणमुल सरकारले अन्तत: जीटीएको चुनाव
गर्ने मिति घोषणा गरेको छ। गोर्खाल्याण्डको आन्दोलनलाई दबाएर क्षेत्रीय प्रशासण
जीटीएमा सम्झौता गराउँने मुख्यमन्त्री ममता ब्यानर्जीले अब जीटीएको चुनाउ पहाडमा
गराए टाउको दुखाई समेत बन्द गर्ने पाईला चाल्न सुरु गरेकी छिन। जीटीएमा गोजमुमो
पार्टीले तराई डुवर्सको मोठ 396 वटा मौजाहरु दाबी गरिरहेको समयमा समस्याको समाधान
गर्न गठन भएको हाईपावर कमिटिले केवल पाँचवटा मौजाहरु मात्र गाभिन सक्ने सिफारिस
गरेपछि समस्या समाधान हुनको साटो अझ जटिल बन्न पुगेको थियो। यसै क्रममा जीटीए
थाप्ने दल गोजमुमो पार्टीले नै हाईपावर कमिटिको रिपोट खारेज गरेर आन्दोलन गर्ने
घोषणा गरेपछि ममता ब्यानर्जीले मोर्चा नेताहरुलाई कोलकोतामा बोलाई बैठक गरेर कमिटि
माथि कमिटि बसाउने घोषणा गरिसकेकी छिन। अवकाश प्राप्त न्यायधिस श्यामल शेनले तयार
पारेको रिपोर्ट पुन: जाँच गर्न अर्को कमिटि बसाउँने घोषणा गरिसके पछि गोजमुमो नेताहरु
तराई डुवर्सको थप मौजाहरु जीटीएमा गाभिने कुरालाई लिएर आशावादी बनेका छन। हाईपावर
कमिटिको रिपोर्ट जाँच गर्न गठन भएको अर्को कमिटिले कहिले रिपोर्ट सुम्पने हो भन्ने
कुरा कुनै निश्चित नभएको समयमा राज्य सरकारले जीटीएको चुनाउको तारिक घोषणा गरेपछि
पहाडमा चुनावी हावा तातिन थालेको छ। एकातिर पहाडमा राज्य सरकारले यथाशिघ्र जीटीएको
चुनाव गराएर आफ्नो टाउको दुखाई बन्द गर्न खोजिरहेको छ भने अर्कोतिर जीटीए थाप्ने गोजमुमो
पार्टीले भने चुनामा भाग लिने नलिने भन्ने बिषय अझसम्म कुनै निर्णय लिन सकेको छैन।
हाईपावर कमिटिको रिपोर्ट प्रति असन्तुष्टि जताउँन दिल्ली पुगेका मोर्चा प्रमुख
बिमल गुरुङ दार्जीलिङ आईपुगेपछि मात्र केन्द्रिय समितिको बैठक बसेर चुनाव बारे
निर्णय लिने भएको छ भने तराई डुवर्सको भबिष्य के हुने भन्ने कुरामा भने अझ कुनै
निश्चित हुन सकेको छैन। हाईपावर कमिटिको रिपोर्ट प्रति असन्तुष्ट जताउँन दिल्ली
पुगेका मोर्चा प्रमुख बिमल गुरुङले जीटीएको चुनावमा भाग लिने दिल्लीबाटै सङकेत
दिएका छन। तिनले चुनावमा भाग लिए मोर्चाले मोठ 45 वटै आशनमा सहज जित गर्ने दाबी
समेत गरिसकेका छन तर यसबारे निर्णय भने केन्द्रिय समितिको बैठक बसेर लिने भएको छ।
मोर्चाले 44 महिना आन्दोलन गरेर उपलब्धिको रुपमा ल्याएको जीटीएको चुनाव गराउँन
राज्य सरकारर तयार हुनको साथै चुनावको मिति समेत घोषणा गरिसको परिस्थितिमा यदि मोर्चानै
चुनावमा भाग नलिए आन्दोलनको उपाब्धिको रुपमा बल्ल अल्ल ल्याएको जीटीएको सत्ता अन्य
राजनैतिक दलहरुको हातमा निश्चित रुपले जाँनेछ जुन कुरा मोर्चाले कुनै पनि
परिस्थिमा चाहने छैन। मोर्चाले जीटीएको सत्ता आफो हातबाट फुत्किन नदिने चाहना
राखेको भए पनि सोझै चुनावको बाटोमा जन भने कठिन देखिन्छ। केहि महिना अघि मात्र
गोजमुमो प्रमुख बिमल गुरुङले जीटीएमा तराई डुवर्स मुटु हो भनेका थिए भने यदि तराई
डुब्वर्सको केवल पाँचवटा मौजाहरु लिएर मात्र मोर्चा जीटीएमा सन्तुष्ट बने राजनैतिक
ईमान्दारीता समेत रहनेछैन भने डुवर्सबासीको आक्रोश समेत झेल्न पर्ने स्थिति देखा
पर्ने व्यापक सम्भावना रहेको छ। यस्तो परिस्थितिमा एकातिर राज्य सरकार मोर्चालाई
लगाम कस्न हरेक क्षेत्रबाट माछालाई दुवाली थुने जस्तै गरिरहेको छ भने मोर्चा भने
प्रत्येक रणनीतिहरुमा चुक्दै गईरहेको छ। यता छुट्टै राज्य गोर्खाल्याण्डको
आन्दोलनलाई कुट्नैतिक चाल चलेर दबाउँन सफल बनेकी मुख्य ममता ब्यानर्जीले अब चुनाव
गरेर पहाडमा घरी घरी सल्किरहने छुट्टै राज्यको मागलाई दबाउँने योजना तयार पारेकी
छिन। दार्जीलिङ पहाडमा जीटीएको चुनावलाई माध्यम बनाएर ‘साँप पनि मर्ने, लठ्ठी पनि
नभाँचिने’ रणनीति बनाएर तिनले बिभिन्न कुटनैतिक योजनाहरु तयार पारेर मोर्चा
नेतृत्वहरुलाई काबुमा ल्याउँन समेत कुटनैतिक चाल चलिरहेको बिशेष श्रोत मार्फत थाह
लागेको छ। एकातिर राज्य सरकार कुटनैतिक चाल चलेर मोर्चालाई छेकारा काट्ने काम
गरिरहेको छ भने अर्कोतिर जीटीएको कुनावलाई लिएर मोर्चा भित्रै पनि आपसी सहमति बन्न
गह्रै परिरहेको छ। जसको कारण अन्तिम निर्णय लिन डाकेको केन्द्रिय समितिको
बैठकहरुको मिति समेत एकाधिक पल्ट पचि सर्दै गईरहेको छ।

Post a Comment
We love to hear from you! What's on your mind?