डी के वाइबा: कालेबुङ 12 जुन: केहि दिन अघिमात्र
गोर्खाल्याण्ड बाहेक अन्य कुनै बिकल्पमा सम्झौता गर्न अस्वीकार गर्ने गोर्खालीग
पार्टीमा युवा एकाई तरुण गोर्खाका अध्यक्ष छेवाङ भोटियाले आज एउटा पत्रकार सम्मेलन
डाकेर आफु तृणमुल कङग्रेसमा सामेल भएको बताउँदै गोर्खाल्याण्डको मुद्दा पहाडको
निम्ति सेकेण्डेरी रहेको स्पष्ट बताए। “पहाडका जनता बिकास चाहन्छन,
यहाँ आन्दोलनको नाममा कुनै बिकास कार्य हुनसकेको छैन। बेरोजगार समस्याले पहाड
ग्रस्त छन। यस्तो अवस्थाम बिकास नै सबैको निम्ति महत्वपूर्ण बनेको छ अनि त्यो
बिकाश केवल तृणमुल कङग्रेसले गर्न सक्छ भनेर आज यस पार्टीमा सामेल बनेको हूँ” – छेवाङ भोटियाले भने। तिनले पहाडमा बिकाश कार्यहरु गर्दा बर्तमान पहाडको
शक्तिशाली दल मानिने गोजमुमो पार्टीले दलीय स्वार्थको निम्ति सरकारी धनराशी
दुरुप्रयोग गरिरहेको आरोप लगाउँदै यसको देखरेख गरेर जनतको निम्ति अएको पैसा सहि
रुपले प्रयोग भएको छ छैन भन्ने समेत राज्य सरकारको निगारानीमा हेर्ने जानकारी गराए।
बिगत दिनहरुमा गोर्खालिग पार्टीमा हुँदा गोर्खाल्याण्ड बाहेक अन्य कुनै बिकल्पमा
सम्झौता गर्दिन भन्ने नेताले आज किन बङग भङग होबेना भन्ने राजनैतिक पार्टीमा जान
पर्यो भन्ने प्रश्न गर्दा पहाडका मानिसहरुले गोर्खाल्याण्डलाई सेकेण्डेरी मानेको
दाबी गर्दै पहाडको बिकास गर्न नै तृणमुल कङग्रेसमा सामेत बनेको निर्धक्क बताए।
आफुले सोम्बार मात्र पानीघट्टामा तृणमुल कङग्रेसमा सामेल बनेको जानकारी गराउँदै अब
संगठन बिस्तारको कार्य युद्ध स्तरमा गरेर राज्य सरकारबाट प्राप्त धनराशीहरुको
प्रयोग कस्तो किसिमले भईरहेको छ भन्ने जाँच गर्ने समेत बताए। यसै सिलसिलामा आगमी
दिनहरुमा यदि गोजमुमो पार्टीले थापेको जीटीएको चुनाव भए तृणमुल कङग्रेसले मोठ 45
वटा सिटहरुमानै चुनाव लड्ने घोषणा गर्दै आफुहरु बहुमतमा आउँने समेत दाबी गरेका छन।
तिनले हाल गोजमुमो पार्टीले हस्ताक्षर गरेको जीटीएको भूभाग सम्बन्धि स्यामल सेनले
सुम्पेको रिपोर्ट विरूद्ध गर्ने भनिएको आन्दोलन गोजमुमोको नाटकबाजी हो भनि आरोप
लगाउँदै मोर्चाले जनतालाई धेरै दिनदेखि ढाँटको राजनईति गरिरहेको आरोप लगाए। अर्कोतिर
बिगत दिनमा हाईवे गोरामुमो बल्क कमिटिका सदस्य रहेको बताउँने संजोक गुप्तले पनि
पहाडको सर्वाङगिन बिकासको निम्ति आफुहरुले तृणमुल कङग्रेसमा सामेल बनेको जानकारी
गराए। तिनले केहिदिन भित्रमा सिलगडीमा उत्तर बङगाल बिकास मंत्री गौतम देवको
निर्देशनमा तृणमुल कङग्रेसको दार्जीलिङ जिल्ला समिति गठन हुने बताउँदै त्यपछि पहाड
भरी संगठन बिस्तारको कार्य हुने जानकारी थप गराएका छन।
पहाडका मानिसहरु गोर्खाल्याण्डलाई सेकेण्डरी मन्ने गर्छन – छेवाङ भोटिया
12Jun2012
Post a Comment