हाई पावर कमिटिको रिपोर्ट सार्बजनिक: शुरु भयो टाउको दुखाई

बिशेष प्रतिनिधी: कालेबुङ 9 जूनः छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोजमुमोले चलाएको 44 महिने आन्दोलन पछि सम्झौता भएको जीटीए सुवास घिसिङले सम्झौता गरेको छैटौ अनुसुचि जस्तै बनिने छाँट देखिएको छ। सुवास घिसिङले सम्झौता गर्को छैटौ अनुसुचि चारै तिर बिरोध बिरोध हुँदा कार्यन्वय हुन सकेको थिएन भने यता गोर्खा जनमुक्ति मोर्चाले सम्झौता गरेको जीटीए भने मोर्चा आफै कार्यन्वय गर्न नसक्ने स्थितिमा पुगेको छ। सुरुका दिनहरुमा गोजमुमो पार्टीले तराई डुवर्सको भुभाग एक ईञ्च नछोड्ने दाबी गरिरहेको थियो तर, पछिबाट मोर्चाले आफ्नो अडानमा लचिलोपन ल्याएर गोर्खा बहुल क्षेत्रहरुको कुरा गर्न थालेको थियो। यस्तो परिस्थिमा गोर्खा जनमुक्ति मोर्चाले 18 जुलाई 2011 को दिन सम्झौता गरेको जीटीएमा मोठ 396 वटा मौजाहरु अन्तर्भुक्ति हुनपर्ने माग गरिरहेको थियो भने सरकारद्वार गठित हाईपावर कमिटि प्रमुख स्यामेल सेनले राज्य सरकारलाई बुझाएको रिपोर्टमा केवल 5 वटा मौजाहरु मात्र जीटीएमा अन्तर्भुक्ति हुने कुरा सिफारिस गरेको छ। जीटीए सम्झौता भएको ठिक एघार महिना पछि सार्बजनिक भएको हाईपावर कमिटिको रिपोर्टले गोजमुमो खेमामा निराश ल्याएको छ भने जनतालाई आफ्नो पक्षमा बनाएर राख्न चुनावको बाटोमा जानुपर्ने अथवा पुन: छुट्टै राज्य प्राप्तिको निम्ति आन्दोलनको बाटो अप्नाउँनुपर्ने भन्ने दोधारो स्थिति सृजना गरिदिएको छ। स्यामेल सेनको नेतृत्वमा गठन भएको हाईपावर कमिटिले जीटीएमा तराई डुवर्सको थुप्रै भुभागहरु अन्तर्भुक्तिको गर्ने कुरामा गोजमुमोले अपेक्षा साँचेको थियो तर अहिले उक्त रिपोर्ट सार्बजिक हुँदा मोर्चाको चाहना सबै उल्टो बन्न पुगेको छ। तराई डुवर्सबारे गठन भएको हाईपावर कमिटिको रिपोर्ट सार्बजनिक नभए सम्म जीटीएको चुनाव हुन नदिने अडानमा बसेको गोजमुमो पार्टीले अब हाईपावर कमिटिको रिपोर्ट सार्बजनिक बनेपछि चुनावको बाटोमा पक्कै जाने हुन भन्ने जटिल प्रश्न खडा गरिदिएको छ। किन भने मोर्चाले दाबी गरेको मोठ 396 वटा मौजाहरु मध्ये केवल पाँचवटा मौजाहरु मात्र जीटीएमा गाभिने कुराले उक्त प्रश्न खडा गरिदिएको छ। मोर्चाले दाबी गरेको मौजाहरुमाध्ये केवल पाँचवटा मात्र जीटीएमा अन्तरभुक्ति हुने हाईपावर कमिटिको रिपोर्ट सार्बजनिक भएपछि आगमी जुलाई महिनामा हुने भनिएको जीटीएको चुनावमा अनिश्चितता देखा परेको छ। किन भने गोजमुमो पार्टीले दाबी गरेको मौजाहरु माध्ये एक तिहाई हिस्सा पनि जीटीएमा नगाभिने कुरा रिपोर्टमा लेखिएको कारण मोर्चा आफै सम्झौता गरेको जीटीएलाई मोर्चाले नै खारेज गर्ने सम्भावना यतिखेर बडी रहेको छ। गोजमुमो प्रमुख बिमल गुरुङले जीटीएको निम्ति डुवर्स मुटु हो भनेर दाबी गरेको महिना दिन बित्न नपाई स्यामेल सेन किमिटिले डुवर्सको भुभाग जीटीएमा केवल दुईवटा मौजाहरुमात्र अन्तर्भुक्ति गर्ने सिफारीस गरेपछि अब के दुईवटा डुवर्सका मौजाहरु नै जीटीएको मुटु हुने हुन त भन्ने मोर्चाको निम्ति चुनौतिपूर्ण प्रश्न बन्न पुगेको छ। यता तराई डुवर्सको मोठ 396 वटा मौजाहरु माध्ये पाँचवटा गाभिने कुरा सार्बजनिक बनेपछि सम्पूर्ण मोर्चा समर्थकहरु निराश बन्न पुगेका छन। आगमी जुलाई महिनामा जीटीएको चुनाव हुने निश्चित भईसकेको समयमा हाईपावर कमिटिको रिपोर्टले चुनावमाथी अनिश्चितता सृजना गरिदिएको छ। किन भने मोर्चाको निम्ति चुनावको बाटो रोज्नु आफ्नै समर्थहरुको बिरोध सुन्नपर्ने निश्चित बनेको छ भने यदि चुनावको बाटो अप्नाए यस्तो परिस्थितिमा अन्य राजनैतिक शक्तिहरुलाई निश्चय नै फाईदा पुग्ने भएको छ जुन कुरा मोर्चाले पटक्क चाहँदैन। दिर्घ दिनदेखि सकारात्मक रिपोर्ट आउँने आशामा बसेको मोर्चालाई अंतमा हाईपावर कमिटिकै रिपोर्ट झ्याउला हुनपुगेको यतिखेर राजनैतिक सचेतकहरुको भनाई रहेको छ।

छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोजमुमोले चलाएको 44 महिने आन्दोलन पछि सम्झौता भएको जीटीए सुवास घिसिङले सम्झौता गरेको छैटौ अनुसुचि जस्तै बनिने छाँट देखिएको छ।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.