जीटीए खारेज गर्नुपर्ने क्रामाकपा दिल्ली अनि हरियाणा शाखाको माग

 कालेबुङ 18 जूनः एकातिर जीटीए गठनको निम्ति अडचन सृजना भईरहेको छ भने अर्कोतिर क्रामाकपाले जीटीए खारेज गर्नुपर्छ भन्ने माग गर्दै गृह मन्त्रीलाई ज्ञापन चडाएको छ। क्रामाकपा हरियाणा शाखा अनि दिल्ली शाखाले सयुक्त रुपमा सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुको माग जीटीए होईन अनि जीटीएले गोर्खाहरुको समस्या समाधान गर्दै भनि गृह मन्त्रालयलाई ज्ञापन चडाएको छ। सोहि सिलसिलामा ज्ञापन पत्रको प्रतिलिपी पश्चिम बङगालका मुख्यमन्त्री ममता ब्यानर्जीलाई समेत पठाएर जीटीए खारेज गर्ने माग गरेको छ। क्रामाकपा हरियाणा शाखाका अध्यक्ष किरण बिके अनि दिल्ली शाखाका अध्यक्ष उत्तम शर्माको नेतृत्वमा रहेको टोलिले गृह मन्त्रालयमा ज्ञापन चाडाएर भारतभरी छरिएअर बसेका गोर्खाहरुको माग छुट्टै राज्यले मात्र पुरा गर्ने दाबी गर्दै गत वर्ष 18 जुलाईमा राज्य सरकार, केन्द्र सरकार अनि गोजमुमो माझ भएको जीटीएको सम्झौता यथाशिघ्र खारेज गर्नुपर्ने माग गरेको पार्टीले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ। गोर्खा जनमुक्ति मोर्चाले सम्झौता गरेको जीटीए सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाहरुको पक्षम नरहेको दाबी गर्दै उक्त सम्झौता गर्दा कसैको बिचार समेत नलिईगरेको आरोप क्रामाकपाको रहेको छ। जीटीएले भारतभरी छरिएर बसेका गोर्खाहरुको समस्या समाधान गर्दैन भन्ने कुरालाई लिएर अहिले सबैतिर यसको बिरोध भईरहेको बताउँदै सम्झौता भएको बर्ष दिन सम्म पनि कार्यन्वय हुन नसक्नुले नै जीटीए जनताको हितमा नरहेको प्रमाणित गर्छ भन्ने कुरा क्रामाकपले बिज्ञाप्तिमा भनेको छ। भारतभरी छरिएर बसेका गोर्खाहरुको समस्या सामाजिक बिकास र आर्थिक बिकाससित मात्र नजोडिएर यसको सबैभन्दा ठूलो पक्ष भारतभरी चारिएर बस्ने गोर्खाहरुको चिन्हारी र राष्ट्रिय राजनैतिक सुरक्षाको रहेको कारण जीटीएले उक्त समस्या पूर्ण गर्न नसक्ने क्रामाकपाको दाबी रहेको छ। जीटीएले केवल दागोपापले झै आफ्नो क्षेत्रको बिकास गर्ने भएको बताउँदै यहाँ प्रश्न भारतभरी छरिएर बसेका गोर्खाहरुको रहेको कारण जीटीए लागु गर्न नहुने थप क्रामाकपाले ज्ञापन पत्रमा उल्लेख गरेको छ। केहिदिन अघि मात्र राज्य सरकारलाई बुझाएको हाईपावर कमिटिको रिपोर्टमा तराई डुवर्समा गोर्खाहरुलाई अल्पसंख्यकको रुपमा देखाएर हाईपावर कमिटि अनि गोजमुमो पार्टीले षडयन्त्र रचेको थप आरोप लगाएको छ। तराई डुवर्समा गोर्खाहरुलाई अल्पसंख्यकको रुपमा देखाउँनु वास्तवमा राज्य सरकार अनि गोजमुमो पार्टीको ठूलो हात रहेको आरोप लगाउँदै यहाँ जनतालाई भ्रम फैलाएर कतिपय नेतहरुले व्यक्तिगत स्वार्थपुर्तिको काम गरिरहेको पनि क्रामाकपाले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ।

एकातिर जीटीए गठनको निम्ति अडचन सृजना भईरहेको छ भने अर्कोतिर क्रामाकपाले जीटीए खारेज गर्नुपर्छ भन्ने माग गर्दै गृह मन्त्रीलाई ज्ञापन चडाएको छ। क्रामाकपा हरियाणा शाखा अनि दिल्ली शाखाले सयुक्त रुपमा सम्पूर्ण भारतभरी छरिएर

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.