कालेबुङ 18
जून: हाईपावर कमिटिले राज्य सरकारलाई बुझाएको रिपोर्ट पुन: जाँच गर्न नयाँ “फ्याक्ट भेरिफिकेशन कमिटि” गठन गर्ने सन्दर्भमा अखिल भारतीय
गोर्खालिग पार्टीले प्रतिक्रिया जनाएको छ। अभागोलि महासचिव प्रताप खातिले
पत्रकारहरुसित कुराकानी गर्दै फ्याक्ट भएरिफिकेशन कमिटि गठन गर्ने कुराको बिरोध
गर्दै राज्य सरकार अनि गोजमुमो पार्टी मिलेर अवकाशप्राप्त न्यायधिसको अपमान गर्ने
काम भईरहेको आरोप लगाए। तिनले एकजना न्यायधीशले गरेको कार्यप्रति यदि विश्वास
गर्दैन भने राज्य सरकारले पहिल्यै यस्ता व्यक्तिलाई किन चुन्ने काम भयो भन्ने
प्रश्न गर्दै अहिले कमिटिको रिपोर्ट पुन जाँच गर्न बनिएको कमिटिले श्यामल सेनको
बदनाम गर्ने काम भईरहेको ठोकुवा गरे। राज्य सरकारले फ्याकट भएरिफिकेशन कमिटि बनाएर
दार्जीलिङ पहाडको मानिसहरुलाई गोजमुमो पार्टीसित मिलेर आँखामा धुलो हाल्ने काम
गरिरहेको आरोप लगाउँदै यहाँ सबै काम सुनियोजित भईरहेको जनाए। अवकाश प्राप्त
न्यायधीशको नेतृत्वमा रहेको कमिटिले तराई डुवर्सको भू भागहरु जीटीएमा केवल
दुईवटामात्र गाभ्ने सिफारिस गर्नु राज्य सरकार अनि मोर्चाको मिलीभागत रहेको आरोप
लगाउँदै अब फ्याक्ट भेरिफिकेशन कमिटिले तराई डुवर्सलाई न्याय दिन्छ भनेर आशा गर्नु
टिस्टा उकालो बग्नु हो भने। सोहि क्रममा तिनले बिगत दिनमा सुवास घिसिङले जसरी
दार्जीलिङ पहाडका मानिसहरुलाई ढाँटे ठिक त्यस्तै प्रकारले गोजमुमो पार्टीले पनि
जनतालाई ढाँट्ने कार्य मात्र गरिरहेको तिनले आरोप लगाउँदै जनताहरु ढाँटको राजनीतिबाट
होशियार बसस्नुपर्ने तिनले आह्वान गरे। अर्कोतिर गोजमुमो पार्टी बित्र अहिले
थुप्रै पैसाम बिकुवा बुद्धिजीविरहेको आरोप लगाउँदै पैसामा बिक्रि हुने
बुद्धिजीविहरुले नै पहाडका जनतालाई घिसिङ पछि दोस्रोचोटि राजनैतिक धोका दिने कार्य
भएको तिनले थप आरोप लगाएका छन।
Post a Comment
We love to hear from you! What's on your mind?