जनमुक्ति शिशु शिक्षा सहायक/ सहायिका संगठन मंग्पूको महत्वपूर्ण सभा

मंग्पू} केशर मोक्तान: दिनांक ८/६/२०१२ को दिन जनमुक्ति शिशु शिक्षा कर्म सुची सहायक/ सहयिका संगठन मंग्पू{Janmukti Sishu Shiksha Karmasuchi Sahayak Sahayika Sangathan Mungpoo} को एक महत्वपूर्ण सभा स्थानीय भानुटोल शिशु शिक्षा केन्द्र भवनमा केन्द्र कै संचालन समितिका सभापति श्रीमान दुर्गा बम्जनको सभापतित्वमा सम्पन्न भयो | सभामा अतिथिहरुमा गोजमुमो मंग्पू  जोनका सभापति श्रीमान प्रदीप छेत्री, सचिव रतन लामा, जीपीटीओ मंग्पू सर्कल सचिव सुदेश छेत्री, नारी मोर्चा मंग्पू जोन सभानेत्री मीरा दाहाल सचिवा मंग्पू जोन तथा सदस्या केन्द्रिय समिति सूर्यमणि राई अनि परिदर्शिका मंग्पू  लाठ समष्टि गीता छेत्री बिशेष उपस्थित रहेका थिए |
सभाको औचित्यबारे प्रष्ट पार्दै केन्द्रको विविद समस्याहरु सभामा राख्नु हुँदै यस संगठनका सचिव मंग्पू लाठ समष्टि तथा मुख्य अतिथि सलाहकार केन्द्रिय समिति श्री शरद राईले श्रीमान बिमल गुरुङ ज्युको आशिर्वादले मात्र यो संगठन गठन हुन सकेको बताए | गोजमुमोको छत्रछायाँमा रहेर सदैव आदेश बमोजिम कार्यक्रम गर्ने साथै सदैव शिरोपर गरि साथमा रहने संगठनको पक्षमा विचार व्यक्त गरे | गोजमुमो मंग्पू  जोनका पदाधिकारीवर्ग संग संगठनका विविध समस्याहरु राख्न पाएकोमा हर्ष प्रकट गर्दै कृतज्ञता ज्ञापन गरे |

मुख्य अतिथि रतन लामाले ग्रामीण शिक्षा सम्बन्धि सहायक / सहयिकाको ठुलो भूमिका रहेकोले आफ्नो कर्म निष्ठापुर्वक गर्नुपर्ने सुझाउ दिए भने शिक्षा सम्बन्धि गोजमुमोले संधै सकारात्मक सोंच राखेको जानकारी गराए | आजको सभा आयोजना भएकोमा हर्ष प्रकट गर्दै जीटीए गठनपछि शिक्षा क्षेत्रमा धेरै सुधार हुने कुरा बताए | 
सभामा अर्का मुख्य अतिथि प्रदीप छेत्रीले पनि ग्रामीण शिक्षाको क्षेत्रमा दार्जीलिंग जिल्लाबाटै छनौट भइ रत्न पुरस्कारले सम्मानित बधाई प्रकट गरे भने संगठन प्रति मोर्चाले पनि सदैव सहयोग गर्ने जानकारी गराउँदै यस संगठनबाट पनि एकजना प्रतिनिधि गोजमुमो मंग्पू जोनमा दिने सुझाउ दिए |

सभामा जीपीटीओ को पक्षमा सचिव सुदेश छेत्री, नारी मोर्चाको पक्षमा मिरा दाहाल, सूर्यमणि राई तथा परिदर्शिका बाट गीता छेत्रीले पनि सम्बोधन गरे | सभामा विभिन्न केन्द्रका सहायक/ सहयिकाबाट पनि आफ्नो समस्याहरु पेश गरियो | सहयिका इन्चार्ज सुनिता गुरुङले संचालन गरेको यस सभामा मंग्पू क्षेत्रका सबै केन्द्रहरुबाट सहायक/ सहयिका तथा मध्यानह भोजनका कर्मीहरु पनि उपस्थित थिए | 

दिनांक ८/६/२०१२ को दिन जनमुक्ति शिशु शिक्षा कर्म सुची सहायक/ सहयिका संगठन मंग्पू{Janmukti Sishu Shiksha Karmasuchi Sahayak Sahayika Sangathan Mungpoo} को एक महत्वपूर्ण सभा स्थानीय भानुटोल शिशु शिक्षा केन्द्र भवनमा केन्द्र कै संचालन समितिका सभापति श्रीमान दुर्गा बम्जनको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.