पन्द्रहवटा फार्मर्स क्लबहरुको संयुक्त आयोजनामा सचेतना कार्यक्रम

मंग्पू | केशर मोक्तान: ढिलो गरि प्राप्त समाचार अनुसार मंग्पू  क्षेत्र भरि भएको तिनैवटा ग्राम पंचायतमा भएका पन्द्रहवटा फार्मर्स क्लबहरुको संयुक्त आयोजनामा एक सचेतना कार्यक्रम गत ४ जून को दिन सम्पन्न भयो | श्री श्याम लेप्चाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथि रोंगचोंग ग्राम पंचायतका सचिव कृष्ण प्रसाद शर्मा अनि मंग्पू ग्रामीण ब्यांकका अधिकारी तुलसी छेत्रीले पनि सम्बोधन गरे | बिशेष: कालेबुंग कृषक कल्याण संगठन(Kalimpong Krishak Kalyan Sangathan) को सचेतना कार्यक्रम अभियान अन्तर्गत मंग्पूमा राखिएको सो सचेतना कार्यक्रममा मंग्पू भरिका प्राय: तीन सय भन्दा बडी कृषकहरुले अंश ग्रहण गरेर कार्यक्रमको लाभ उठाए | नाबार्ड  द्वारा संचालित योजना, आर्थिक अन्त्भुक्ति अनि ऋण सेवा, सय दिने रोजगार द्वारा कृषि सम्पदाको बिकाश  साथै रोजगारको नयाँ योजनाहरु सम्बन्धि महत्वपूर्ण जानकारी गराउँदै कालेबुंग कृषक कल्याण संगठनका मूल सचिव विष्णु छेत्रीले कृषकहरुको हक र अधिकार बारे बृस्तित रुपमा जानकारी गराए | कृषकहरुले आफ्नै बारीलाई कारखाना बनाएर स्वलाम्बी बन्न सकिने, यसबारे सरकार द्वारा प्रदान गरिएको कृषि योजनाहरुको लाभ कसरी उठाउन सकिन्छ भन्ने विषयमाथि श्री छेत्रीले कार्यक्रममा प्रष्ट पारे |

बुद्ध कुमार थापाले संचालन गरेको सो कार्यक्रमको स्वागत संभाषण अनिल रावतले गरेका थिए भने गोपाल राईले धन्यबाद कार्यक्रम गरेपछि श्याम लेप्चले छोटो मिठो कृषि सम्बन्धि कुरा राखेपछि कार्यक्रम समाप्त गरियो | उक्त प्रेस विज्ञप्ति बीच धुरा फार्मर्स क्लबका प्रमुख संयोजक रबिन योन्जन द्वारा जारी गर्दछ |

ढिलो गरि प्राप्त समाचार अनुसार मंग्पू क्षेत्र भरि भएको तिनैवटा ग्राम पंचायतमा भएका पन्द्रहवटा फार्मर्स क्लबहरुको संयुक्त आयोजनामा एक सचेतना कार्यक्रम गत ४ जून को दिन सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.